प्रतिनिधिसभा विघटनविरुद्ध परेका एक दर्जन निवेदनहरुको सर्वोच्व अदालतले सुनुवाइ गर्ने
1.2K
काठमाडौं । नेपाली राजनीतिमा आएको नयाँ मोडमाथि आज सर्वोच्व अदालतले सुनुवाइ गर्ने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका एक दर्जन निवेदनहरुको सुनुवाइका लागि सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलास गठन गरेको छ । प्रधानन्यायाधीश जबराले आफ्नै एकल इजलास गठन गर्नुभएको हो ।
प्रतिनिधिसभा विघटनसम्बन्धी १२ वटा निवेदनहरु एकसाथ पेस गरिएको छ । प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले केही विकल्पहरु प्रयोग गर्नसक्छ । विघटनको निर्णय कार्यान्वयन नगर्नु भनी अन्तरकालीन वा अन्तरिम आदेश हुनसक्छ भने कारण देखाउ आदेशमात्रै जारी गरेर सबै निवेदनहरुलाई ठूलो आकारको इजलासमा पेस गर्नु भनी आदेश पनि गर्न सक्ने कानुनवीदहरु बताउँछन् ।