नागरिक पोष्ट News


एचआइभी पोजेटिभ ३५ जना नानीहरूको लागि जाडोको कपडा,पठनपाठन लगायतका सामाग्रीहरु वितर लायन्स क्लव अफ काठमाडौं आधार

2.5K

६ पुस, काठमाडौं । लायन्स क्लव अफ काठमाडौं आधारद्वारा शनिबार राम्कोट सितापाइलास्थित पुनर्बल प्लस सुधार केन्द्रमा रहेका एचआइभी पोजेटिभ ३५ जना नानीहरूको लागि जाडोको कपडा, पठनपाठन समाग्री, बिस्कुट चाउचाउ र अन्य खानेकुरा वितरण गरेको छ । लायन्स क्लव अफ काठमाडौं आधारकी अध्यक्ष धनमायाँ सिंञ्जालीको अध्यक्षतामा कपडा तथा स्टेशनरी सामान वितरण गरिएको थियो ।

उक्त कार्यलाई सफल बनाउन न्यानो कपडा र स्टेशनरी सामान सहयोग गर्ने क्लबकी सक्रिय सदस्य विसु पाण्डे, अस्मिता डि.सी. लगायत सम्पुर्ण सदस्यहरुलाई क्लब अध्यक्ष धनमाया सिंजालीले धन्यबाद प्रकट गरेकी छिन् ।

साथै आफ्नो जन्मदिन पारेर बालबालिकालाई खाजा (चाउचाउ बिस्कुट) वितरण गर्नुहुने निर्मल श्रेष्ठलाई पनि धन्यवाद दिएकी छिन् । त्यस्तै मफिन्स वितरण गर्नुहुने क्लब सदस्य सुजाता श्रेष्ठलाई धन्यबादका साथै जन्मदिनको शुभकामना दिनुभयो ।

लायन्स क्लव अफ काठमाडौं आधारको कार्यलाई हौसला प्रदान गर्न आएका प्रमुख अतिथि 2nd. Vice District’s Governor Lion Mahendra Paudel सर, District’s Cabinet Secretary Lion Surya KC सर, District Chief Advisor Lion Mani Shree सर, District PRO Nirmal Shrestha सर, District chairperson Reshma Shrestha लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन लायन्स क्लव आफ काठमाडौं आधारकी सचिव इन्ता श्रेष्ठले गर्नुभएको थियो । लायन्स क्लव अफ काठमाडौं आधारले कोरोना महामारीमा निरन्तर डटेर जनताको सेवामुलक कार्य गरिरहेको छ । बाढिपहिरो पिडितलाई राहतदेखि लिएर लकडाउनमा समसइामा परेकालाई राहत वितरण र खाना वितरण समेत गरेको थियो । कोरोना महामारीमा रगतको अभाव हुन नदिन ठूल–ठूला खुला रक्तदान कार्यक्रम समेत गरेको थियो । क्लवकी अध्यक्ष धनमायाँ सिञ्जालीको सक्रियतामा थुप्रै कार्यक्रम सम्पन्न गरिसकेकी छिन् । समाजमा यसरी सक्रियतापूर्वक काम गर्ने समाजसेवी तथा अभियान्ताहरुलाई राज्यले सम्मान गर्नैपर्छ ।

Must View