प्रधानमन्त्री केपी ओलीको सिफारिसमा रास्ट्रपति विद्या देवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय विरुद्ध सर्वोच्च अदालातमा १२ वटा रिट परेको छ
1.7K
काठमाडौँ ,पुष ६। प्रधानमन्त्री केपी ओलीको सिफारिसमा रास्ट्रपति विद्या देवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय विरुद्ध सर्वोच्च अदालातमा १२ वटा रिट परेको छ।
सर्वोच्चमा आइतबार ३ वटा रिट पेस भएकोमा सोमबार दिउँसो २ बजेसम्म थप ९ वटा रिट पेस भएको सर्वोच्च श्रोतले जानकारी दिएको छ । आइतबार अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेल र लोकेन्द्रबहादुर ओलीले रिट पेस गरेका थिए । सोमबार पनि अदालत खुलेपछि कानुन व्यवसायीहरू रिट लिएर पुगेका छन् ।
कगउभच पष्लभतष्अ अयगचष्भच मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि अब यो निर्णय उल्ट्याउने विकल्प न्यायालय मात्र छ । त्यसैले कनिष्ठदेखि वरिष्ठसम्मका कानुन व्यवसायी प्रधानमन्त्री र राष्ट्रपतिलाई विपक्षी बनाएर संसद विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन् ।