यूनाइटेड इन्स्योरेन्स कम्पनी र नेपाल चिकित्सक संघ बिच संम्झौता सम्पन्न
1.6K
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी र नेपाल चिकित्सक संघ बिच निर्जीवन बीमा सेवा आदान प्रदान सम्बन्धि संम्झौता सम्पन्न भएको छ ।उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल तथा नेपाल चिकित्सक संघका तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरे ।
सम्झौता पश्चात् चिकित्सक संघमा आबद्ध सदस्यहरुको कम्पनीले प्रदान गर्ने विविध बीमा सेवामा सरल पहुँच हुने तथा दाबी भुक्तानी प्रकृयामा थप सहजता हुने कम्पनीले जनाएको छ।