नागरिक पोष्ट News


नेहा कक्कड गर्भवती…

1.2K

नेहा कक्कड आमा बन्दै… नेहा कक्कड गर्भवती…. शुक्रबार यस्तै यस्तै हेडलाइन भएका समाचारले राम्रै चर्चा बटुले । यो समाचार नेहा कक्कडको इन्स्टाग्रामको पोष्ट पछि तयार भएको हो । नेहाले शनिबार पनि यस्तै खालको एउटा पोस्ट गरेकी छिन् । शुक्रबारकै फोटो तर जानकारी नयाँ । लेखिएको थियो ‘ख्याल रख्या कर’ डिसेम्बर २२ तारिखमा रिलिज हुँदैछ । गीतमा नेहाका श्रीमान् रोहनप्रित सिंहलाई पनि फिचर गरिएको बताइएको छ ।

अब यो पोस्ट हेरेपछि सबैको मनमा विभिन्न प्रश्न उठेका छन् । के नेहा साँच्चै नै गर्भवती हुन् त ? कि नेहाले आफ्नो नयाँ गीतको प्रामोसेनका लागि एउटा पब्लिसिटी स्टन्ट ?यस्तै इन्डियन आइडलसँग जोडिएको स्रोतले एक अंग्रेजी न्यूज पोर्टललाई बताए अनुसार नेहा र रोहनको यो नयाँ फोटो यी दुईको आउँदो म्युजिक भिडियोको सुटको हो ।

उनको यो पोष्टमा कतिले आपत्ति पनि जताइरहेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘हो, अब तिम्रो घरमा केही भइहाले, सिधा गीत रिलिज गरिदिनु ठिक हो ?’यस्तै अर्काले लेख्छन्, ‘नेहु दि व्याहा पछि ख्याल रख्या कर… परिवार बन्दै छ कि म्युजिक एल्बम ?’

एकजनाले प्रश्न सोधेका छन्, ‘कसैले भनिदेउ कि गीतको प्रामोसनका लागि गर्भवती भएकी हुन् कि साँच्चै नै भएकी हुन् ?’ यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘यो २०२० को सबैभन्दा ठूलो झुट हो ।’यस्तै, अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘यस्तो भारतमा मात्रै हुन्छ, कसैले पनि कोभिडसँग लड्ने ती लडाकूबारे गीत बनाएका छैनन् तर गर्भावस्थाबारे गीत बनाइरहेका छन् । आ–आफ्नो रुची । अचम्म ।’

के नेहा साँच्चै गर्भवती नै भएकी हुन् त ? कि यो उनको नयाँ गीत प्रामोसनको एउटा फन्डा मात्रै हो ? यसको जवाफ नेहा वा रोहनप्रितले तत्काल नदिएपनि समयले पक्कै पनि दिनेछ ।

 

Must View