आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ अर्ब ६ करोडमाथिको शेयर कारोबार
1.6K
काठमाडौं । आज नेप्से परिसूचक ९६ दशमलव ८८ अंकले घटेर १,९३५ दशमलव ६३ को विन्दुमा कायम भएको छ । आज १ सय ९८ वटा कम्पनीको १ करोड ४५ लाख कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबै उपसूचक राताम्मे भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार संसद विघटन गर्दै बैशाखमा मध्यावधी निर्वाचनको मिति घोषणा गरेसँगै शेयर बजारमा (नेप्से) मा पहिरो गएको छ ।
आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ अर्ब ६ करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको ७८ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४७ करोडमाथिको शेयर कारोबार भएको छ । नविल बैंकको ३९ करोडमाथिको शेयर कारोबार भएको छ ।