नागरिक पोष्ट News


नेपाल इन्भेष्टमेण्ट बैंकले गत वर्ष को लाभांश प्रस्ताव गर्यो

1.8K

काठमाडौं, ५ पुस । नेपाल इन्भेष्टमेण्ट बैंकले गत वर्ष ०७६/७७ को लाभांश प्रस्ताव गरेको छ । बैंकको आइतवार बसेको सञ्चालक समितिको बैठकले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत गरी ५.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजी १४ अर्ब २४ करोड ८९ लाख ५४ हजारको आधारमा कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

 

Must View