नागरिक पोष्ट News


सामाजिक विभेदबारे लेखिएको उपन्यास निहारिकाबारे लेखक र तारकेश्वरका साहित्यकर्मीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्दे मन्थन

1.9K

४ पुस, काठमाडौं । मन्थनको पुस महिनाको श्रृंखलामा सामाजिक विभेदबारे लेखिएको उपन्यास निहारिकाबारे लेखक र तारकेश्वरका साहित्यकर्मीहरुबीच अन्तरक्रिया भएको छ ।

उपन्यासकार प्रकाश तिवारीले निहारिका भित्रको संक्षिप्त कथालाई 41प्रष्ट्याउँदै आफूले सामाजिक परिवर्तनमा सघाउ पु¥याउने उद्देश्यले यस उपन्यास लेखेको बताउनु भयो । उपन्यासमा पात्रहरुको गतिविधि र दन्द मात्र नभई हिन्दु धर्ममा आधारित वर्ण व्यवस्था, दलितको अवस्था, जातिय विभेदले भोग्नुपरेको सामाजिक अवहेलना, एउटा अमर प्रेमकथालाई उठाएको बताउनुभयो ।

उहाँले कुनै एउटा अपहेलनामा परेको व्यक्ति संघर्षबाट शक्तिमापुगेपछि तिनै तिरस्कृत व्यक्तिहरुलाई समाजले कसरी हेर्छ भन्ने कुरालाई उपन्यासका पात्रदारा प्रष्टायाउनु भएको छ । नेपाली समाजले भोग्नु परेको जातिय विभेदलाई व्यवहारत कम गर्नमा उपन्यासले सघाउन सके यो प्रयास सार्थक हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा मनमैजु साँस्कृतिक समाजका साहित्य विभाग प्रमुख घनश्यास पुडासैनीले उपन्यासले उठान गरेको सामाजिक विभेदका सवाल निकै ज्वलन्त भएको र लेखकको अत्यन्तै मेहनत परेको बताउनुभयो । यसलाई पाठ्यक्रमका सन्दर्भ सामग्रीका रूपमा समेट्न सके नेपाली समाजमा दलितले भोग्नु परेको सवालबारे बुझ्न सहज हुने धारणा राख्नुभयो । समीक्षक पुडासैनीले उपन्यासले प्रकृति चित्रण गरेको, प्रगतिवादी सोच राखेको हुँदा लेखकलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा गोलढुंगा साहित्य परिषदका अध्यक्ष देवेन्द्र अर्याल आँसुले उपन्यास सामाजिक विषयमा घटना प्रधान रहेको तथा अमर प्रेमकथामा आधारित रहेको बताउँदै उपन्यासले विद्रोहको विषय उठाएर कौतुहलता जगाउन सफल रहेको बताउनुभयो । उहाँले स्थानीय तहमा बोलिने भाषा तथा लवजमा लेखिएकोले पढ्नमा सरल रहेको बताउनुभयो ।

कार्यक्रममा मन्थनका संचालक श्रीराम फुटुगेले समग्रमा उपन्यासले समानताको मुद्धा उठाएको बताउँदै साहित्यकर्मीहरुले यस्तो गहन विषयलाई सरल तवरमा प्रस्तुत गरेर मानव मानव बीचमा हुने विभेदको अन्त्यमा एउटा प्रेरणादायी उपन्यास बन्न सकेको बताउनुभयो । सोही अवसरमा पत्रकार जीवन हमालले आफूले उपन्यास दुई चोटी पढेको बताउँदै कतिपय घटनामा आँसु थाम्न नसकेको सुनाउनुभयो ।

निहारिका अघिल्लो साल छापिएको सामाजिक तथा एक अमर प्रेम कथामा आधारित उपन्यास हो । एक दलित जातीका युवा मोहनसँग ब्राम्हण जातीकी शारदा वीचको चिनजान, मायाप्रेम त्यसपछि विवाहका चरणसम्म उनीहरुले आफ्नो परिवार र समाजबाट भोग्नु परेको व्यवहार वीचको कथा हो । कार्यक्रममा तारकेश्वर निवासी साहित्यकर्मी तथा साहित्य अनुरागीहरु सहभागी भई उपन्यासबारे जिज्ञासा राख्नु भएको थियो । उपन्यासकार तिवारीले आफू चौंथो उपन्यासको तयारीमा रहेको र मन्थनमा गरिएको छलफलले थप हौसला मिलेको बताउनुभयो ।

मन्थनको आगामी श्रृंखला आउँदो माघ ३ गते आध्यात्मिक जीवन दर्शन र तारकेश्वरको शान्तिधामबारे चर्चा हुनेछ ।

Must View