चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिए
1.6K
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई चौतर्फि घेराबन्दीमा पारेकाले पछिल्लो कदम चाल्न बाध्य भएको भन्दै नयाँ राजनीतिक घटनाक्रमलाई ध्यानमा राखेर प्रभावकारी भूमिका निर्वाह गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। संसद बिघटन गरेलगत्तै चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर प्रधानमन्त्री ओलीले बदलिँएको परिस्थितिका बारेमा छलफल गरेका थिए ।
सुरक्षा छलफलमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायतको उपस्थिति थियो ।
प्रधानमन्त्री ओलीले संसद बिघटन भईसकेपछि जनतामा जाने आफ्नो कदमलाई सघाउन पनि आग्रह गरेका छन् । ।