नागरिक पोष्ट News


२० वटा वाणिज्य बैंकहरुकाे२०७६/०७७ को लाभांश कति ? हेर्नुहोस्

1.9K
काठमाडौं -  आर्थिक वर्ष २०७६/७७ का लागि हालसम्म २७ वटा वाणिज्य बैंकहरुमध्ये २० वटा बैंकहरुले लाभांश घोषणा गरेका छन्। 

१. एनआईसी एसिया बैंक लिमिटेड  

 एनआईसी एशिया बैंक लिमिटेडले  गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने  लाभांस घोषणा गरेको छ ।  जसमा १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । 

२. कुमारी बैंक लिमिटेड

कुमारी बैंककाे १०.८५ प्रतिशतका दरले बोनस सेयर र ३.१५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात वितरण गरिनेछ ।

३. सानिमा बैंक लिमिटेड

सानिमा बैंक लिमिटेडले  १३.६० प्रतिशत लाभांश घाेषणा गरेको छ ।  बैंकले १० प्रतिशत बोनस सेयर र ३.६० प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश वार्षिक साधारण सभाले अनुमोदन गरिसकेको छ  ।

४. नेपाल एसबिआई बैंक लिमिटेड

नेपाल एसबिआई बैंकले ९.४७ प्रतिशत लाभांश घाेषणा भएको छ ।

बैंककाे आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ६ प्रतिशत बोनस सेयर र ३.४७ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ९.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

५. बैंक अफ काठमाण्डू लिमिटेड

बैंक अफ काठमाण्डू लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को १६ प्रतिशत लाभांश घोषणा गरेको छ । 

बैंकको  १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव वार्षिक साधारण सभाले पारित गरिसकेको छ । 

६. सिटिजन्स बैंक लिमिटेड 

सिटिजन्स बैंकले ७.७ प्रतिशत बोनस सेयर  र नगद लाभांश ३.३ प्रतिशत नगद लाभांश समेत गरी ११ प्रतिशत लाभांश घोषणा गरेको छ । सिटिजन्सले प्रस्ताव गरेकाे संशोधित लाभांश साधारणसभाबाट पारित भएपछि वितरण गरिने छ ।

७. हिमालयन बैंक लिमिटेड

हिमालयन बैंक लिमिटेडले  आर्थिक वर्ष ०७६/७७ को मुनाफबाट आफ्ना सेयरधनीलाई २०प्रतिशत  लाभांश घोषणा गरेको छ । संचालक समितिको बैठकले  १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

८. सनराइज बैंक लिमिटेड

सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट आफ्ना सेयरधनीलाई ८.२८ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले सेयरधनीहरूलाई ५.८० प्रतिशत बोनस सेयर र २.४८ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ८.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

९. एभरेष्ट बैंक लिमिटेड

एभरेष्ट बैंक लिमिटेडले  आर्थिक वर्ष   २०७६/७७ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले ५.५३ प्रतिशत नगद  (करसमेत) र ५ प्रतिशत बोनस गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

१०. सिद्धार्थ बैंक लिमिटेड 

सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले १२ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । 

११. प्रभु बैंक लिमिटेड 

प्रभु बैंक लिमिटेडले १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश रहेको छ । 

१२. माछापुच्छ्रे बैंक लिमीटेड

माछापुच्छ्रे बैंकले १०.४० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकका सेयरधनीहरूलाई ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगद (कर सहित) गरी कुल १०.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

१३. स्ट्याण्डर्ड चार्टर्ड बैंक

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई ११.८४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चाल समितिको बैठकले ७ प्रतिशत बोनस सेयर तथा ४.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

१४. नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंक लिमिटेडकाे ८.४२ प्रतिशत लाभांश घाेषणा गरेको छ । बैंकका सेयरधनीहरूलाई ६ प्रतिशत बोनस सेयर र २.४२ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

१५. ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना १६ प्रतिशत लाभांश घाेषणा गरेकाे छ । 

बैंकले आफ्ना सेयरधनीहरूलाई चुक्ता पूँजीकाे १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

१६. सेन्चुरी कमर्सियल बैंक

 सेन्चुरी कमर्सियल बैंकले  ७.५०% लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ५.२५% बोनस र कर प्रयोजन समेत गरी २.२५% नगद लाभांश दिने प्रस्ताव गरेको छ । 

१७. कृषि विकास बैंक 

कृषि विकास बैंक लिमिटेडले १५.७८९५ प्रतिशत  लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।बैंककाे आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र ०.७८९५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

१८. लक्ष्मी बैंक 

लक्ष्मी बैंकले ११.५ प्रतिशत लाभांश घाेषणा गरेको छ  । बैंकले  ९ प्रतिशत  बोनस शेयर र २.५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

१९. नेपाल बैंक लिमिटेड

नेपाल बैंकले १६% लाभांश घोषणा गरेको छ । बैंकले १२% बोनस सेयर र कर प्रयोजनसहित ४% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

२०. मेगा बैंक लिमिटेड 

मेगा बैंकको आर्थिक बर्ष २०७६/०७७ का लागि १३.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको चुक्तापुँजीको कुल ३.०५ प्रतिशतले हुन आउने नगद लाभांश र सोहि चुत्ता पुँजीको १० प्रतिशतले हुन आउने रकम बराबरकोे बोनस सेयर वितरणका लागि प्रस्ताव गरेका हो ।  

Must View