नागरिक पोष्ट News


सरकारको स्वामित्वमा रहेको हेटौंडा औद्योगिक क्षेत्रमा लकडाउनका कारण बन्द भएका ९ उद्योग अझै सञ्चालनमा आउन सकेका छैनन्

1.6K

सरकारको स्वामित्वमा रहेको हेटौंडा औद्योगिक क्षेत्रमा लकडाउनका कारण बन्द भएका ९ उद्योग अझै सञ्चालनमा आउन सकेका छैनन् । हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार उक्त औद्योगिक क्षेत्रमा हाल १०३ उद्योग प्रतिष्ठान मात्र चालू अवस्थामा छन् ।यस्तै हेटौंडा कपडा उद्योगसहित तीन ओटा उद्योग प्रतिष्ठान पहिलेदेखि नै बन्द रहेको कार्यालयले बताएको छ ।कार्यालयका अनुसार औद्योगिक क्षेत्रभित्र थप २२ ओटा उद्योग प्रतिष्ठान निर्माणाधीन चरणमा रहेका छन् ।

२०२० मङ्सिर २० गते स्थापना भएको हटौंडा औद्योगिक क्षेत्रमा कुल ३ हजार २२८ रोपनी क्षेत्रफलमा फैलिएको छ । सो क्षेत्रफलमध्ये विकसित २ हजार ८०१ दशमलव ४८ रोपनी ( भाडामा दिन मिल्ने क्षेत्रफल) र अविकसित तथा ग्रिनबेल्ट ४२६ दशमलव ५२ रोपनी जंल क्षेत्र पर्दछ । कुल जग्गा क्षेत्रफलमध्ये हाल भाडामा दिएको २ हजार १७८ रोपनी, खाली जमीन २६ दशमलब ५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडक सञ्जाल, विद्युतीकरण, ढल निकासलगायत संरचना निमार्ण क्षेत्रफल ५९७ रोपनी रहेको छ । औद्योगिक क्षेत्रभित्र हाल २० ओटा जग्गा भाडा सम्झौता भएका र निर्माणाधीन अवस्थामा रहेकासहित उत्पादनमूलक उद्योग १३२ ओटा, गैह्र उत्पादनमूलक ११ ओटा र सेवामूलक संघ÷संस्था पाँच छन् ।

Must View