नागरिक पोष्ट News


काठमाडौंको तापक्रम २ डिग्रीमा झर्यो, कहाँ कति जाडो

1.9K

मौसमविद् गंगा नगरकोटीले काठमाडौं उपत्यकामा शनिबारको न्यूनतम तापक्रम २ डिग्री रहेको बताइन् । यसअनुसार शुक्रबार भन्दा शनिबार ०.४ डिग्री बढेको छ । शुक्रबार यो वर्षकै सबैभन्दा कम १.६ डिग्री रहेको थियो । 

हाल नेपालको पश्चिमी तथा मध्य तराइ भूभागका अधिकांश स्थानहरुमा वाक्लो हुस्सु तथा कुहिरो लागिरहेको छ। देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

शनिबारको न्यूनतम तापक्रम काठमाडौं २ डिग्री सेल्सियस जुम्ला माइनस ७.४ दिपायल ०.४ डडेलधुरा ४.१ धनगढी ७.७ वीरेन्द्रनगर १.४ नेपालगञ्ज ६ घोराही ४.२ पोखरा ५.२ भैरहवा ५.५ सिमरा ४.५ ओखलढुंगा ४.१ ताप्लेजुङ २.६ धनकुटा ७.५ विराटनगर ८.८ र जनकपुरमा ५.६ डिग्री सेल्सियस रह्यो । 

शुक्रबार सबैभन्दा बढी दिपायलमा २३.५ डिग्री रहेको थियो । अधिकतममा कम धनगढीमा ११.६ डिग्री रहेको थियो 

Must View