नागरिक पोष्ट News


महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले पुष २४ गते वार्षिक साधारण सभा आह्वान

1.6K

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले पुष २४ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको पुष २ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको उक्त सभाको मिति तय भएको हो ।

उक्त सभा संस्थाको रजिष्टर्ड कार्यालय, साँगा, काभ्रेमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुने जनाएको छ ।

सभामा संस्थाले निष्काशन गर्न लागेको हकप्रद तथा साधारण शेयर (आइपिओ) सम्बन्धी कार्यहरु अनुमोदन गरिने एजेण्डा छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर ३ गते, बुधबार नै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिसकेको छ ।

संस्थाको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले गर्नेछ ।

सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरूरहेका छन् ।

Must View