नागरिक पोष्ट News


नेपाल राष्ट्र बैंकबाट आशा लघुवित्तको लाभांश स्वीकृत

1.5K

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट आशा लघुवित्तको लाभांश स्वीकृत भएको छ । राष्ट्र बैंकले संस्थाको उक्त शेयरलाई पुस २ गते वितरण गर्न स्वीकृति प्रदान गरेको लघुवित्तले जनाएको छ ।

लघुवित्तले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट १५ प्रतिशतले हुन आउने ३ करोड ४८ लाख ४३ हजार २ सय बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव ७८९४७३७ प्रतिशतले हुन आउने १८ लाख ३३ हजार ८ सय ५३ रुपैयाँ नगद गरि कुल १५ दशमलव ७८९४७३७ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

राष्ट्र बैंकले स्वीकृति दिएसँगै अब संस्थाको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

Must View