नागरिक पोष्ट News


मानसिंह विद्यालयमा सुविधा सम्पन्न अत्याधुनिक भवन बन्दै

1.7K

काठमाडौं । तारकेश्वर नगरपालिकाको वडा नंं. १० को मानसिंह विद्यालयमा सुविधा सम्पन्न अत्याधुनिक भवन बन्ने भएको छ । रायष्ट्रि पुनर्निमाण प्राधिकरण, जिल्ला आयोजना कार्यन्वयन इकाई काठमाडौंको सहयोगमा मानसिंह धर्म माध्यमिक विद्यालय र तारकेश्वर ४ को पुरानो गुह्येश्वरी स्कुलमा २४ कोठाको अत्याधुनिक भवन बन्ने भएको छ ।मंगलबार मानसिंह धर्म माध्यमिक विद्यादलयमा वडा अध्यक्ष अमृत थापाको नेतृत्वमा बसेको बैठकले मानसिंह विद्यालयलाई तारकेश्वर कै नमुना विद्यालय बनाउने निर्णय गरेको छ । बैठकमा प्रमुख अतिथिमा नगर प्रमुख रामेश्वर बोहरा, विशेष अतिथिमा नगर उपप्रमुख भवानी डोटेल धिताल, नगर शिक्षा प्रमुख होमनाथ न्यौपाने, प्रा.डा. प्रदिपचन्द्र गौतम, अर्जुन रामाझी, अतिथिहरुमा श्यामकृष्ण विष्ट, इन्द्रमान महर्जन, कृष्ण ओझा लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

विद्यालयका प्रअ नारायणजंग थापाका अनुसार नयाँ बन्ने भवनमा १२०० भन्दा विद्यार्थी पढ्न सक्छन् । लाइबेरी/इलाइबेरी, साइन्स तथा कम्प्युटर ल्याव रहनेछ । सबै तलामा सुविधा सम्पन्न अपाङ्गमैत्री शौचालय हुनेछ ।

कार्यक्रममा बोल्दै जिल्ला आयोजना कार्यान्वयन इकाई काठमाडौं (शिक्षा) का प्रमुख अर्जुन रायमाझीले नयाँ भवन बन्ने निर्णय पारित भएको बैठकमा सुनाएका थिए । आजैदेखि जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले काम सुरु गरिसकेको बताउनुभयो । त्यस्तै नगर उपप्रमुख भवानी डोटेल धितालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका लागि आधुनिक भवनहरु बनाउने कार्यमा नगरपालिका लागिरहेको बताएकी छिन् । अब सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकले विश्वास गर्ने काम विद्यालयले दिनुपर्नेछ । विद्यार्थीलाई आकषर्ण गर्न विद्यालयले शिक्षकहरुलाई अभिभावकहरुसँग सम्बन्ध राख्न आवश्यक छ ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि इन्द्रमान महर्जनले आजको बैठकमा विद्यालय व्यवस्थापन समितिको टिमको उपस्थिति नहुनुको कारण के हो भनेर प्रश्न गरेका थिए ।

प्रमुख अतिथि नगर प्रमुख रामेश्वर बोहराले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अस्वस्थ भएको हुँदा उहाँको स्वास्थ्य लाभको कामना गरेका थिए । मानसिंहमा बन्ने आधुनिक भवन निर्माणका लागि स्थानीय जनप्रतिनिधि र व्यवस्थापन समितिले जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) काठमाडौंलाई सहयोग गर्न अनुरोध गर्नुभएको थियो । शिक्षक दरबन्दी मिलानको लागि नगरपालिकाले तदारुकताको साथ काम गरिरहेको बताउनुभएको छ ।

बैठकको समापन गर्दै कार्यक्रमका सभापति तथा तानपा १० का अध्यक्ष अमृत थापाले विद्यालयलाई व्यवस्थित गर्नका लागि वडाले दिनरात नभनी काम गरिरहेको बताएका छन् । थापाकाअनुसार विद्यालयलाई कुनैपनि समस्या नहोस् भनेर वडाले आवश्यक सहयोग गरिरहेको हुँदा समस्या भएमा तत्कालै सहयोग गर्न तयार रहेको बताएका छन् ।

 

Must View