नागरिक पोष्ट News


नेप्से परिसुचक २२ दशमलव ७० अंकले घटेर २,०३२ दशमलव ५१ को विन्दुमा कायम भएको छ

1.6K

काठमाडौं । नेप्से परिसुचक २२ दशमलव ७० अंकले घटेर २,०३२ दशमलव ५१ को विन्दुमा कायम भएको छ। आज माईक्रोफाइनान्स बाहेक सबै उपसूचक राताम्मे भएका छन् । आज दिनभरिमा १ सय ९५ सय वटा कम्पनीको १ करोड ४१ लाख १४ हजार ४ सय ६० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै महुली सामुदायिक लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, एभरेष्ट इन्स्योरेन्स प्रोमोटर शेयर, माउन्टेन इनर्जी नेपाल, छ्याङदी हाइड्रोपावरका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीको दरले कमाएका छन् । त्यसैगरी सारथी नेपाल लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ दशमलव ५१ प्रतिशतका दरले गुमाएका छन् । नेपाल बैंकका लगानीकर्ताले ६ प्रतिशतभन्दा बढीको दरले गुमाएका छन् । खानीखोला हाइड्रोपावर र नेपाल पुनर्बीमा कम्पनी लगायतका कम्पनीले गुमाएका छन् ।

Must View