नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज ६ दशमलव २० अंकले घटेर २०५५ दशमलव २२ को विन्दुमा कायम
1.9K
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज ६ दशमलव २० अंकले घटेर २०५५ दशमलव २२ को विन्दुमा कायम भएको छ । आज कूल पाँच अर्ब १४ करोड ४६ लाख ७५ हजार ५७८ रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै छ्ङदी हाइड्रोपावरका लगानीकर्ताले र महुली लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, समिट लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, राएमडिसी लघुवित्त, सूर्यादय लघुवित्त र माउन्टेन इनर्जी नेपालका लगानीकर्ताले ९ प्रतिशतभन्दा माथिका दरले कमाएका छन् । त्यस्तै, आज सबैभन्दा धेरै एभरेष्ट इन्स्योरेन्स प्रोमोटर शेयरका लगानीकर्ता र एनएबि ५० का लगानीकर्ताले ४ प्रतिशतभन्दा बढीको दरले गुमाएका छन् ।