नागरिक पोष्ट News


चर्चित बलिउड नायिका जुही चावलाआफ्नो झुम्का भेट्टाउनेलाई पुरस्कार दिने घोषणा गरेकी छन्

1.6K

काठमाडौं । चर्चित बलिउड नायिका जुही चावला एकाएक चर्चामा आएकी छिन् । उनी आफ्नो हराएको हिराजडित झुम्का भेट्टाउनेलाई पुरस्कार दिने घोषणा गरेपछि चर्चामा आएकी हुन् । उनको हिरा जडित झुम्का मुम्बई विमानस्थलमा हराएको थियो ।झुम्का हराएको थाहा पाउने बित्तिकै जुहिले सामाजिक सञ्जालमा लेख्दै भनेकी थिइन्, ‘आइतबार बिहान मुम्बई विमानस्थलको गेट नम्बर ८ बाट म चेकइन भएकी थिएँ । सुरक्षा चेकअप भयो । विचमा मेरो झुम्का हरायो । यदि कसैले मेरो हराएको झुम्का खोज्न मद्दत गर्छ भने म निकै खुसी भएर पुरस्कार पनि दिने छु ।’यदि कसैले भेट्टाएर प्रहरीलाई जानकारी दिएपनि पुरस्कार दिने उनले बताएकी छिन् । उनले अगाडी भनेकी छिन् ‘यो मैले १५ वर्षदेखी लगाउदै आएको झुम्का हो प्लिज खोज्न मद्दत गर्नुस् है ।’ यो पोष्टसँगै उनले आफुले लगाएको झुम्काको फोटो पनि सार्वजनिक गरेकी छिन् ।

Must View