नागरिक पोष्ट News


बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा उमेश सिंह भण्डारी नियुक्त भए

1.6K

काठमाडौं । बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारी नियुक्त भएका छन् । भण्डारीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

अहिले १२ प्रतिशत हाराहारी खराब ऋण रहेको कम्पनीको डुबेको ऋण उठाएर खराब कर्जा पाँच प्रतिशतमा झार्ने शर्तमा बेष्ट फाईनान्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको जनाइएको छ । भण्डारी यसअघि कुमारी बैंक तथा काष्ठमण्डप डेभलपमेन्ट बैंकमा काम गरेका अनुभवी बैंकर हुन् ।

Must View