नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज माउन्टेन इनर्जी नेपाल साधारण शेयर (आइपिओ) सूचिकृत
1.8K
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज माउन्टेन इनर्जी नेपाल साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ ।नेप्सेमा कम्पनीको १ करोड ९६ लाख ८० हजार २ सय ७० कित्ता आइपिओ सूचिकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १ सय १४ रूपैयाँ ८१ पैसादेखि अधिकतम ३ सय ४४ रूपैयाँ ४३ रुपैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।