नागरिक पोष्ट News


नेपाल चलचित्र संघले पुस १० गतेदेखि फिल्म हल सञ्चालन गर्ने

1.6K

काठमाडौं । नेपाल चलचित्र संघले आगामी पुस १० गतेदेखि फिल्म हल सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले चलचित्र घर खुलाउन कुनै पनि चासो नदिएकाले बाध्य भएर यो निर्णय गर्नुपरेको संघका अध्यक्ष मधुसुदन प्रधानले जानकारी दिए ।

कोरोना महामारीका कारण सरकारले फिल्म हल सञ्चलनमा रोक लगाएको थियो । यसअघि नै विभिन्न क्षेत्र खुला गरिएपनि संक्रमणको जोखिमका कारण फिल्म हल खुलाउने निर्णय गरेको छैन । कोभिडको प्रभाव अझ बढी सिनेमा हल सञ्चालकमा परेको छ । सरकारले लकडाउन गर्नु अघि नै बन्द गरेका यी हलहरू अहिलसम्म खुल्न सकेका छैनन् । सिनेमा हल बन्द भएपछि मासिक रुपमा हुँदै आएको करिब ६० करोड आम्दानी पनि डुबेको छ । कोभिडका कारण नेपालभर रहेका २१९ वटा सिनेमा हल बन्द भएका छन् ।

Must View