नागरिक पोष्ट News


पीटर कुमार श्रेष्ठको जन्मदिनमा यस्तो उदाहरणीय सहयोग

244
  • बिहि, मंसिर २५, २०७७

आफ्नो जन्मदिनमा  पीटर कुमार श्रेष्ठले अनाथलयमा सहयोग गरेका छन् । ” फजुल गरी मनाउनु भन्दा परोपकारमा सो रकम र समय खर्चिनु महाउत्तम हुन्छ।कठ्याङ्ग्रीने जाडोमा मानवसेवा आश्रममा रहेका ३९ जना बच्चाहरु तथा ५ जना आमाहरुलाई सहयोग गर्ने इच्छा प्रकट भएकोले ५ जना दुधे बच्चाहरुलाइ कपडा,प्याम्पस लगायत अन्य ३५ जना बालबालिकाहरुलाई स्टेसनरी सामाग्री कापी, चकलेटहरु तथा आमाहरुलाइ जाडोको टोपी प्रदान गर्दै गर्दा खुशिको अनुभूति गरिरहेको छु।मान्छे भएर जन्मिसकेपछी अन्य मान्छेलाई सेवा सहयोग गर्नु नै वास्तवमा जन्मिनुको अर्थ हुन्छ भन्ने मान्यता राख्ने भएकोले खुशी साट्न मात्रै भएपनी सकेको सानो सहयोग गर्न समर्थ रहे । शुभकामना व्यक्त गर्नुहुने तपाई सबै सबैलाइ हार्दिक धन्यवाद ज्ञापन गर्दछु । हामी सबैको जय होस् ।” ऊनले आफ्नो फेसबुुक मार्फत बताएका छन्् । आफ्नो छोरा प्रियन्स कुुुुमार श्रेष्ठलाई साथमा राखि दुधे बच्चालाई खानेकुुरा तथा कपडा सहयोग गरेका ऊनले समाजसेवामा लागिपर्ने बताऊछन् ।

गोरखा पालुङटार नगरपालीका वड नं. १ खोप्लाङ मा जन्मीएका पिटर कुमार श्रेष्ठ आफ्नो हरेक जन्मदिनको अवसरमा स्थानीय विद्यालयमा अध्यायनरत गरिब, असहाय तथा विपन्न समुदायका विद्यार्थी बालबालिकाहरुलाइ शैक्षिक सामाग्री, जाडोको स्विटर तथा स्कुल ब्याग बितरण गर्दै आएका छन् । आफ्नो हरेक जन्मदिनको अवसरमा विभिन्न बिद्यालयहरुमा यसैगरी सामाग्रीहरु उपलब्ध गराउदै जन्मदिन मनाउने गरेका श्रेष्ठ समाजमा अन्य सामाजिक कार्यहरुमा समेत अगाडि छन् ।

 नेपालको राजनैतिक देखी सामाजिक कार्यमा सक्रिय उनको व्यवसायमा पि.के. अन्नपुर्ण कन्सट्रक्सनका एकल मालिक तथा आर.के. हार्डवेयरका प्रवन्ध निर्देशक, रारा ईन्कर्पाेरेशन नेपालका एक संस्थापक समेत रहेका, उनका केहि मालवाहक सवारिमा समेत लगानी गरेका छन् । नेपाली सिनेमाका एक आशालाग्दा निर्माताको रुपमा डेव्यु गर्न लागेका उनको लक्ष्य दुई वर्षमा एक चलचित्र निर्माण गर्ने सोच रहेको छ ।

कामको सिलसिलामा दक्षिण कोरियामा रहदा पनि श्रेष्ठले आफ्नो गाउँ जिल्ला वा क्षेत्रभन्दा कोसौ टाढा तराईमधेसको सप्तरी जिल्ला स्थित कुपोषणले ग्रस्त बालिकाको पोषणको लागि खाद्यान्न उपलब्ध गराउने हेतुले नगद रु. ३०,००० समेत सहयोग पठाएका थिए । हेटौंडामा अवस्थित मानवसेवा आश्रमको भवन निर्माणार्थ नगद सहयोग गरेका उनले पृथ्वी प्रा.बी. पालुङ्टारमा समेत गरिब र असाहाय विद्यार्थी बालबालिकाहरुलाइ शैक्षिक सामाग्री बितरण गरेका थिए। छिमेकी जिल्ला धादिङ स्थित एक विद्यालयमा जाडोको स्विटर बितरण गर्न साझा पहल नेपाल सस्थामार्फत नगद सहयोग गरेका श्रेष्ठले अन्य धेरै ठाँउमा ब्यक्तिगत तथा सामुहिक रुपमा सामाजिक कार्यहरुमा सकृय सहभागीता जनाएका छन् ।

जन्मदिनमा पार्टीको नाममा फजुल खर्च गर्नु भन्दा दीन, दुखीको हितमा उक्त रकम लगाउनु पुण्यको कुरा हुने बताउने श्रेष्ठ यसअघि पनि आफ्नो जन्मदिन , छोरी तथा श्रीमतीको जन्मदिन तथा अन्य अवसरहरुमा सामाज कल्याणको कार्यमा सरिक हुने गर्छन् । यसअघि २०७५ को मङ्सिर २४ गते आफ्नो जन्मदिनमा श्री स्थानिका प्रा.बी. पालुङ्टार १ सातदोबाटोमा गरिव विद्यार्थीहरुको लागि जाडोको स्विटर तथा कापीकलम बितरण गरेका उनले आफू पढेको श्री अन्नपूर्ण मा.बी. खोप्लाङ पालुङ्टार १ मा समेत बिद्यालयको ५६ औ बार्षिक उत्सबको अवसरमा किताब बोक्ने झोला बितरण गरेका थिए । सामाजिक भावनाले उत्प्रेरित समाजसेवी श्रेष्ठले पालुङ्टार २ स्थित अपांग, गरिब, दलित बालिकाको परिवारलाइ खाध्यान्न, नगद तथा कपडा बितरण गरेका थिए ।

समाजसेवाको भावनाले उत्प्रेरित पिटर कुमार श्रेष्ठ भन्छन्, “मानिस जन्मिएपछी आफ्नो लागि त सबैले गर्छन्, तर जीवन त्यो ब्यक्तिको सार्थक हुन्छ जसले अरुको भलाइको लागि पनि आफ्नो जिवनको केही समय प्रदान गर्छ वा कमाइको केहि हिस्सा जनभलाइको लागि खर्च गर्छ ।सिने स्टार अवार्ड २०२० का कार्यक्रम आयोजक कमिटिका प्रमुख तथा कार्यक्रम सञ्चालक समेत रहेका श्रेष्ठ आफ्नो कमाईको २० प्रतिशत समाजसेवामा खर्च गर्ने वताउछन् ।

अन्नपुर्ण युवा क्लव, पालुङटार १ गोरखाका संरक्षक समेत रहेका उनी पुर्व प्रधानमन्त्री एंव नेपालका सर्वाधिक लोकप्रीय नेता डा. बाबुराम भट्टराईका निकै निकट  रहेका ३१ वर्षीय श्रेष्ठको समाजसेवा नै प्रमुख रुचि रहेको बताउँछन् ।

 

Like this:

Must View