नागरिक पोष्ट News


७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नेपाल मानव अधिकार संगठन तारकेश्वर साखाले दिप प्रज्वलन गर्दे मनायो

1.6K

२४ मंसिर, काठमाडौं । कुशल/स्वस्थ बनौं, मानव अधिकारका लागि उठौं भन्ने नाराका साथ यसपालीको अन्तर्राष्ट्रिय मानव अधिकार संगठनले अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाएको छ । कोरोनाबाट मुक्ति, शान्ति, सामाजिक सद्भाव र राजनीतिक स्थीरताको कामना सहित ७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाण्डौँको तारकेश्वर नगरपालिका शाखाले दीप प्रज्योलन गरी मनाएको छ । बुधबार साँझ तारकेश्वर नगरपालिका वडा नं. १० स्थित लोकतान्त्रिक चोकमा एक कार्यक्रमको आयोजना गरी मनाईएको हो ।

आयोजित कार्यक्रममा बोल्दै तारकेश्वर शाखाका अध्यक्ष हरिराम तिमिल्सिनाले, पछिल्लो समय मानव अधिकार नै कुण्ठित हुदैँ गएको बताए । देशमा आम नागरीकले स्वतन्त्र भएर आफ्ना अभिव्यक्ति राख्दा होस् या न्यायको लागि छटपटाई रहेको होस् यस्तो अवस्थामा समेत मानिसले मानव अधिकारको प्रत्याभुति गर्न पाएको छैन । एउटा शिक्षकलाई घरबाट जबरजस्ति लगेर हत्या गरिन्छ, दिन प्रति दिन साना साना बालिकाहरु बलात्कृत हुनु परेको छ । एउटा मानव आफ्नो स्वतन्त्रताको अधिकारले बाँच्न सकिरहेको छैन् । मानव अधिकारका लागि बनेका संघ संस्थाहरुले अब सक्रिय भएर काम गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाले बताए ।

Must View