नागरिक पोष्ट News


प्राइम कमर्शियल बैंक लिमिटेडको स्वामित्वमा रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर लिलामा बिक्री

2K

काठमाडौं । प्राइम कमर्शियल बैंक लिमिटेडको स्वामित्वमा रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर लिलाम बढाबढ बिक्री भएको छ । संस्थाले बैंकको ८६ हजार ९ सय कित्ता संस्थापक समूहको शेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।

उक्त शेयरको न्युनतम मूल्य प्रतिकित्ता ३ सय रूपैयाँ तोकिएको छ ।लगानीकर्ताले मंसिर २५ गते, बिहीबारबाट पौष २ गते बिहीबारसम्म बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्युनतम एक सय कित्ताको लागि आवेदन दिन सक्नेछन् अधिकतममा भने कुनै हद तोकिएको छैन । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

Must View