नागरिक पोष्ट News


कोरोना भ्याक्सिनको मूल्य तोकियो, कुनको कति पर्छ ? नेपालमा कहिले आउँछ भ्याक्सिन

3K

काठमाडौं । कोरोनाभाइरस महामारी फैलिएसँगै विश्वभर कोरोनाको भ्याक्सिन (खोप) को खोजी सुरु भयो । विश्वव्यापी महामारीसँगै सबैजसो देशमा सुरु भएको खोपमध्ये विश्वमा अहिले कहि खोपको सफल परीक्षण भएर सर्वसाधारणमा वितरण गर्ने तयारी समेत गरिएको छ । 

खासगरी अहिले विश्वमा ४ वटा खोप बढी चर्चित छन् । अमेरिकी कम्पनीहरु मोर्डना र फाइजर बायोटेक, बेलायती कम्पनी अक्सफोर्ड अष्ट्रेजेनिक तथा रुसको स्पुतनिक खोपको सफल परीक्षण भएको दाबी गरिएको छ । ती खोपहरु अब आम रुपमा वितरण गर्न योग्य भएको बताइएको छ । 

सम्बन्धित देशका कम्पनीहरुले खोपको सफल परीक्षण भएको बताइरहँदा ती कम्पनीहरुले खोपको मूल्य समेत सार्वजनिक गरेका छन् । जसअनुसार बेलायतको अक्सफोर्ड–अष्ट्रेजेनिक खोपको मूल्य सबैभन्दा सस्तो रहेको पाइएको छ । सो खोप एक डोजका लागि ३ देखि ४ डलर पर्ने अनुमान गरिएको छ । 

त्यस्तै रुसी स्पुतनिक खोपको १० डलर मूल्य तोकिएको छ । अमेरिकी कम्पनी भने अरुभन्दा तुलनात्मक रुपमा महँगो देखिएका छन् । अमेरिकी कम्पनी फाइजरको खोप प्रतिडोज २० डलर पर्ने अनुमान गरिएको छ । सबैभन्दा महँगो खोप चाहिँ अमेरिकी कम्पनी मोर्डनाको हुने पाइएको छ । यो खोपको मूल्य २५ देखि ३७ डलरसम्म पर्नसक्ने बताइएको छ । 

नेपाली विनिमय दरअनुसार विश्वमा उपलब्ध भएका खोपको नेपाली मूल्य प्रतिडोज ३ सय ५४ रुपैंया देखि ४ हजार ३ सय ६६ रुपैंयासम्म पर्ने देखिएको छ । सबै खोपहरु २ डोज दिनुपर्ने भएकोले  यसको कुल मूल्य ७ सय ८ रुपैंयादेखि ८ हजार ७ सय ३२ रुपैंयासम्म हुन आउँछ । 

 

मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठन, ग्लोबल भ्याक्सिन अलाइन्स ‘गाभी’ र ‘सेपी’ नामक तीन सङ्गठनको ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत निःशुल्क खोप ल्याउने तयारी गरेको छ । ‘कोभ्याक्स सुविधा’ ले गरीब र  कम आय भएका मुलुकलाई निःशुल्क खोप उपलब्ध गराउने भएको छ । कोभिड–१९ खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले कोभ्याक्समार्फत ल्याइने खोपका लागि यही मङ्सिर १९ गते कूटनीतिकपत्र पठाइसकिएको जानकारी दिए । 

पहिलो चरणमा आउने २० प्रतिशतमध्ये शुरुमा तीन प्रतिशत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वृद्धवृद्धालाई दिइनेछ । सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार (जिटुजी) सार्वजनिक खरीद नियमावलीअनुसार र ठेक्कामार्फत ल्याउने छ । उनका अनुसार सरकारले रु ४८ अर्ब खोप ल्याउनका लागि बजेट विनियोजन गरेको छ ।   

अहिले फाइजर एण्ड बायोएनटेक, मोडेर्ना (अमेरिका), अक्सफोर्ड–एस्ट्राजेनेका (बेलायत), ‘स्पुतनिक–भी’ र ग्यामेलिया (रुस) र ‘साइनोभ्याक्स’ (चीन) का खोप अहिले अन्तिम परीक्षणमा छन् । तीमध्ये फाइजर कम्पनीको खोप सफल परीक्षण भई विश्व वास्थ्य सङ्गठन (डब्लुएचओ)ले भर्खरै मान्यता प्रदान गरेको छ ।

बेलायतमा अस्ति मंगलबार फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप ९० वर्षीया हजुरआमालाई लगाएर खोप अभियानको खाता खोलिसकेको छ भने अन्य देश पनि खोप लगाउने तयारी गरिरहेका छन् । 

अमेरिकी कम्पनी माेर्डनाले तयार पारेको खाेप १५ वर्षभन्दा माथि उमेर समूहकालाई लगाउन मिल्ने भनिएको छ । सो उमेर समूहका २ करोड ७८ नागरिकलाई लगाउँदा ३७ डलर प्रतिडोजको दरमा १ खर्ब ६४ अर्ब खर्च गर्नुपर्ने देखिएको छ । उक्त खोप ९५ प्रतिशत प्रभावकारी मानिएको छ । 

बेलायती कम्पनी अक्सफोर्ड–अष्ट्रेजेनिकले तयार पारेको खोप भने १९ अर्ब ७२ करोड रुपैयाँ मात्रै खर्च गरे पुग्ने देखिएको छ । उक्त खोप पनि ९५ प्रतिशत प्रभावकारी मानिएको छ । प्रतिव्यक्ति ४ अमेरिकी डलर मूल्य पर्न आउँदा करिब २६ अर्ब २९ करोड खर्च हुन आउँछ । रुसले तयार पारेको स्पुतनिक–५  स्पुतनिक खोप दुई डोज लगाउनका लागि ६५ अर्ब ७४ करोड खर्च हुने देखिएको छ । उक्त खोप ९२ प्रतिशत प्रभावकारी मानिएको छ । उता अमेरिकी कम्पनी फाइजर बायोटेकले तयार पारेको खोप लगाउन १ खर्ब ३१ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने देखिएको छ । उक्त खोप पनि ९५ प्रतिशत प्रभावकारी मानिएको छ । 

सरकारले पहिलो चरणमा २० प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने भएको छ । मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठन, ग्लोबल भ्याक्सिन अलाइन्स ‘गाभी’ र ‘सेपी’ नामक तीन सङ्गठनको ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत निःशुल्क खोप ल्याउने तयारी गरेको छ । ‘कोभ्याक्स सुविधा’ ले गरीब र  कम आय भएका मुलुकलाई निःशुल्क खोप उपलब्ध गराउने भएको छ । कोभिड–१९ खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले कोभ्याक्समार्फत ल्याइने खोपका लागि यही मङ्सिर १९ गते कूटनीतिकपत्र पठाइसकिएको जानकारी दिए । 

पहिलो चरणमा आउने २० प्रतिशतमध्ये शुरुमा तीन प्रतिशत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वृद्धवृद्धालाई दिइनेछ । सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार (जिटुजी) सार्वजनिक खरीद नियमावलीअनुसार र ठेक्कामार्फत ल्याउने छ । उनका अनुसार सरकारले रु ४८ अर्ब खोप ल्याउनका लागि बजेट विनियोजन गरेको छ ।   

अहिले फाइजर एण्ड बायोएनटेक, मोडेर्ना (अमेरिका), अक्सफोर्ड–एस्ट्राजेनेका (बेलायत), ‘स्पुतनिक–भी’ र ग्यामेलिया (रुस) र ‘साइनोभ्याक्स’ (चीन) का खोप अहिले अन्तिम परीक्षणमा छन् । तीमध्ये फाइजर कम्पनीको खोप सफल परीक्षण भई विश्व वास्थ्य सङ्गठन (डब्लुएचओ)ले भर्खरै मान्यता प्रदान गरेको छ ।

Must View