लैङ्गकि हिसा बिरुद्ध १६दिने अभियान लाई लक्षित गर्दै मन्जु श्री अशाहाय संरक्षण केन्द्रको कार्यक्रम
काठमाडौं। मञ्जुश्री असहाय संरक्षण केन्द्र काठमाण्डौं शाखाले लैङ्गकि हिसा बिरुद्ध सरोकारवाला सँग अन्तरक्रिया कार्याक्रम सम्पन्न गरेको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा संस्थाले कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि काठमाडौं महानगरपालिका उपमेयर हरिप्रभा खड्की श्रेष्ठले महिला सशक्तीकरणका लागि घरघरबाट हुनुपर्ने बताइन् । ‘महिला सशक्तीकरण बिना राज्यको विकास सम्भव छैन,’ उनले भनिन् । राज्यका हरेक तहमा महिलाको सहभागिता बढ्नु सकारात्मक पक्ष रहेको बताउँदै उनले हरेक ठाउँमा ५० प्रतिशत महिलाको प्रतिनिधित्वि हुनुपर्ने भनाइ राखिन् ।
अब आउँदो दिनमा लैङ्गकि हिंसा न्युनीकरणका लागि के कसरी गर्न सकिन्छ भन्नका लागि १६दिने अभियान लाई लक्षित गर्दै बिभिन्न व्यक्तीहरु देखि सरोकारवालाहरु सँग अन्तरक्रिया गरिएको काठमाडौं शाखा सचिव कमला अधिकारीले बताईन् ।कार्यक्रममा शाखा अध्यक्ष मिना बस्नेतको सभाध्यक्षता काठमाडौं माहानगर पालिका उपमेयर हरि प्रभा खडकिको प्रमुख आतिथ्यता रहेको थियो ।
केन्द्रीय अध्यक्ष मञ्जु खाँड केन्द्रीय सल्लाहकार रजु रञ्जितकार , आफन्त नेपालका प्रबन्ध निर्देशक इन्द्र राज भट्टराईको विशिष्ट आतिथ्यतामा सम्पन्न गरिएको हो ।
त्यस्तै गरि अतिथीहरुमा,महिला अधिकारकर्मी सरु सुनार , अधिवक्ता इन्दिरा न्यौपाने कालिमाटी महिला सेल प्रहरी निरिक्षक कोपिला चुडाल संचार कर्मि तथा समाजिक अभियान्ता राजन थापा रहेका थिए भने उक्त कार्यक्रममा सरोकारवाला संचारकर्मी लगायतको बाक्लो उपस्थिती रहेको थियो ।