नागरिक पोष्ट News


नायिका स्वेता खड्काको बिबाह सम्पन्न फोटो फिचर सहित

3K

मंसीर २२ काठमाण्डौं । नायिका स्वेता खड्का आजबाट वैवाहिक जीवनमा बाँधिएकी छिन् । सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग उनले विवाह गरेकी हुन् । सीमित आफन्त र साथीहरुकाबीच उनले बिबाह गरेकी हुन् ।

विभिन्न सञ्चारमाध्यममा यस अघि नै उनको विवाहको बारेमा समाचार सार्वजनिक भइसके पनि नायिका खड्काले भने बिहेको अघिल्लो दिन आइतबार नै आफ्नो विवाहको बारेमा सामाजिक सञ्जालमार्फत् औपचारिक जानकारी दिएकी थिइन् ।

स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको ६ वर्षपछि उनले बिबाह गरेकी हुन् । श्वेतासँग बिहे भएको करीब एक महिनामै उपचारको क्रममा २०७१ साउन २५ गते उनको निधन भएको थियो । श्वेताले श्रीकृष्णसँगै कहाँ भेटिएलामा अभिनय गरेर चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

 

Must View