श्रीमानको मृत्युपछि रेनुकाले घाटबाटै सिंन्दुर पोते लगाएर घर फर्कीईन (भिडियो)
एक महिलाले गरेको शाहसिक कामले अहिले सामाजिक सञ्जालमा निकै चर्चा भएको छ । श्रीमानको निधन पछि महिलाहरुको जिवनको हरेक रंग पनि खोसिने गरेको छ । श्रीमानका् निधन पछि हरेक महिलाको सिन्दुर पुछिन्छ, पोते पनि खोसिन्छ, यति सम्म सेतो लुगा समेत लगाइन्छ । जिवनमा रातो रंग समेत खोसिदा महिलाको जिवन वेरंग हुने गरेको छ । तर एक महिलाले पनि यस्ता सामाजिक कुरिती विरुद्ध शाहसिक कदम उठाएकी छन् ।
उनले श्रीमानका् निधन पछि घाटमा उनको अन्त्यष्टि पछि पनि सिन्दुर र पोते निकालिनन् । उनले भनिन्, म संस्कारले मान्दै आएको कुरा मान्छु । किरीया गर्नका लागि सेतो लुगा लगाउनुपर्छ त्यो लगाउँछु । तर मेरो श्रीमानले मलाई १२ वर्षको उमेरमा दिएको सिन्दुर र पोते म मेरो शरिरवाट कहिल्यै पनि निकाल्दिन । उनले घाटमा श्रीमानका् किरियाका लागि सेतो लुगा त लगाइन् तर शुिररवाट सिन्दुर र पोते निकालिनन् ।
News Source : www.etajakhabar.com
मलाई मेरो श्रीमानले दिएको उपहार हो । म यो जिवन रहुन्जेल कहिल्यै निकाल्दिन उनले भनिन्, मलाई मेरो श्रीमानले पनि कहिल्यै ननिकाल्नु भन्नुभएको छ । उनलाई श्रीमानले नै निधन हुनु अघि आफुले लगाइदिएको सिन्दुर र पोते कहिल्यै ननिकाल्नु भनेको बताएकी छन् । उनले भनिन्, म पक्कै अगाडी जान्छु होला । म गएपनि तैँले सिन्दुर र पोते कहिल्यै नखोलेस् भन्नुभएको छ । म किरिया गर्नका लागि सेतो लुगा त लगाउँछु तर यो सिन्दुर र पोते भने निकाल्दिन उनले सबैका सामु सुनाइन् ।
उनले यस्तो भन्दा परिवार र समाजका सदस्यहरुले पनि उनको यो इच्छाको सम्मान गरेका छन् । उनलाई सिन्दुर र पोते निकाल्न बाध्य पारेनन् । अहिले यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।