नागरिक पोष्ट News


एनआईसी एशिया बैंकको २३औं वार्षिक साधारण सभा सम्पन्न

1.7K

काठमाडौं, २१ मंसिर । एनआईसी एशिया बैंकले प्रस्ताव गरेको २० प्रतिशत लाभांश पारित भएको छ । कम्पनीले आइतवार सम्पन्न २३औं वार्षिक साधारण सभाले प्रस्तावित १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।

सभाले सोही आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण समेत पारित गरेको छ । सभा भर्चुअल माध्यमबाट बैंकको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा आयोजना गरिएको हो । सभा प्रयोजनका लागि बैंकले मंसिर १० गतेदेखि बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर ९ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्नेछन् ।

हाल ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार चुक्तापूँजी रहेको कम्पनीको १९ प्रतिशत बोनस पश्चात उक्त पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ पुगेको छ ।

Must View