नागरिक पोष्ट News


तारकेश्वरमा आजदेखि विद्यालय खुल्ने, ८ देखि माथिमा कक्षा मात्र सञ्चालन हुने विज्ञप्ति र फोटो फिचरसहित

1.5K

२१ मंसिर, काठमाडौं । तारकेश्वर नगरपालिकाभित्र आजदेखि विद्यालयहरु खुल्ने भएका छन् ।  हिजो तारकेश्वर नगर प्याव्सन र एन प्याब्सनले गरेको पत्रकार सम्मेलनमा विद्यालय खोल्नका लागि स्वास्थ्यका सबै मापदण्डहरु पुरा गरिएको जानकारी दिइएको थियो । स्वास्थ्यका सबै मापदण्डहरु कायम गरिसकेको र अभिभावकहरुको सल्लाहमा नगर शिक्षा साखाले विद्यालय सञ्चालन गर्न केही दिन अघि निर्देशन दिए पश्चात विद्यालयहरु खुल्ने भएका हुन् । नगर शिक्षा साखाले कक्षा ८–९ र १० का कक्षाहरु सञ्चालन गर्दा दुई सिफ्टमा पढाउन विद्यालयहरुलाई निर्देशन दिइएको थियो । जसमा हप्ताको ३ दिन मात्र विद्यार्थीहरु भौतिक रूपमा उपस्थित भएर अध्ययन गर्न पाउनेछन् ।तारकेश्वर नगर प्याव्सन र एन प्याव्सनले गरेको पत्रकार सम्मेलनमा नगर शिक्षा प्रमुख होमनाथ न्यौपाने, जनप्रतिनिधिहरु, शिक्षा विद् तथा बुद्धिजिवी र संस्थागत विद्यालयका प्रिन्सिपलहरुको सहभागिता रहेको थियो ।

हिजो विद्यालय सञ्चालन गर्ने तयारीबारे जानकारी गर्दै प्याव्सन तारकेश्वरका अध्यक्ष धनबहादुर पुनले नगर शिक्षाले तोकेका स्वास्थ्यका मापदण्ड र अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा आएका मापदण्डहरूलाई संस्थागत विद्यालयहरुले पुरा गरेकाले आजदेखि विद्यालय सञ्चालन हुने बताउनुभयो । विद्यालयको गेटबाट विद्यार्थी प्रवेश गर्दा अनिवार्य माक्स लगाउनुपर्ने, गेटमा ज्वरो नापेर मात्र प्रवेश गर्ने, गेट भित्र छिर्ने वित्तिकै अनिवार्य रूपमा सेनिटाइजर टनेल कक्षमा प्रवेश गरी स्प्रेबाट सेनिटाइज भइसकेपछि साबुन पानीले हात धोएर मात्र विद्यार्थी कक्षा कोठामा दूरी कायम गरेर प्रवेश गर्नेछन् । बेन्चमा बस्दा एउटा बेन्चमा बढिमा दुईजना मात्र बस्न सक्ने व्यवस्था गरिएको छ । खाजा अनिवार्य घरबाटै लैजानुपर्नेछ । विद्यालयको क्यान्टीन खोलिने छैन । कक्षाकोठाहरुमा तातो पानीको व्यवस्था हुनेछ । विद्यार्थीहरु घरजाँदा पनि गेटमा ज्वरो नापेरमात्र घर पठाइनेछ ।

विद्यालयमा हेल्प डेस्कको व्यवस्था गरिने छ । विद्यार्थीहरुको स्वास्थ्यमा समस्या देखिएमा तत्कालै नजिकैको स्वास्थ्य संस्थामा विद्यालयले स्वास्थ्य परिक्षण गराउन लैजानेछ । विद्यालयका कक्षा कोठाहरु दैनिक सरसफाई र निर्मलीकरण गरिने तयारी गरेको प्याव्सनका अध्यक्ष धनबहादुर पुनले बताउनुभयो । पुनकाअनुसार दैनिक ५ मिनेट कोभिड संक्रमणबारे विद्यार्थीहरुलाई जानकारी दिइनेछ । विद्यालयहरुले १ सिफ्टमा ४ घण्टा मात्र विद्यालय सञ्चालन गर्नेछन् । सिफ्ट सञ्चालन गर्दा ठूला कक्षाहरुलाई बिहानीको सत्र र सानालाई दिउँसोको सत्रमा राखिनेछ ।

कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरुले विद्यालय सञ्चालन गर्नका लागि आवश्यक सहयोग र स्वास्थ्यका मापदण्ड पुरा गराउन सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । विद्यार्थीहरुमा संक्रमण देखिएको खण्डमा स्वास्थ्य उपचारका लागि पहलकदमी गर्ने बताएका छन् । विद्यालयहरुलाई स्वास्थ्य मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गर्न निर्देशन समेत दिएका छन् । त्यस्तै शिक्षा विद् तथा बुद्धिजिवी प्रा.डा. प्रदिपचन्द्र गौतमले विद्यालय खोल्नु स्वागतयोग्य भएको बताएका छन् तर विद्यार्थीहरुको स्वास्थ्यमा हेलचक्राई नगरी विद्यालय जिम्मेवार बन्न आग्रह गर्नुभयो । उहाँले स्थानीय सरकारले विद्यार्थीहरुको स्वास्थ्यमा समस्या आउँदा जिम्मेवारपूर्वक काम गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै प्यावश्न तारकेश्वरका सल्लाहकार लोकेन्द्रबहादुर खड्काले अभिभावकहरुले विद्यालय खोल्न दबाब दिन थालिसकेको र शैक्षिक सत्रको अन्तिम समय आउन लागिसकेकाले स्वास्थ्य मापदण्ड अपनाएर कोरोना संक्रमण फैलिन नदिई विद्यालय सञ्चालन गर्न तारकेश्वरभित्रका संस्थागत विद्यालयहरु तयारी अवस्थामा रहेको बताएका छन् ।

एन प्यावसन तारकेश्वरका अध्यक्ष गोविन्द भट्टले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै कक्षा ८ भन्दा माथिका कक्षामात्र सुरु गर्न लागेको बताएका छन् । संक्रमण नबढेमा अभिभावकहरुसँग सल्लाह गरेर तल्ला कक्षाहरु विस्तारै खोल्दै जाने बताएका छन् ।

नगर शिक्षा साखा प्रमुख होमनाथ न्यौपानेले भोलीदेखि विद्यालय खुल्ने भएकाले नगर शिक्षा साखा, स्वास्थ्य र जनप्रतिनिधिको टिमले विद्यालयहरुले स्वास्थ्य मापदण्ड पुरा गरे/नगरेको दैनिक अनुगमन गर्ने बताएका छन् । न्यौपानेले स्वास्थ्य मापदण्ड पुरा नगरी विद्यालय हतारमा नखोल्न पनि निर्देशन दिएका छन् ।

नगर प्याव्सन र एन प्याव्सनले संयुक्त रुपमा निकालेको विज्ञप्ति

कोभिड–१९ को विश्वव्यापी संक्रमणको चपेटामा परी अन्य क्षेत्रहरु जस्तै शिक्षा क्षेत्र पनि अछुतो रहन सकेन । गत वर्ष २०७६ चैत्र ११ गते देखि अहिलेसम्म नौ महिना लामो अवधिभर शैक्षिक संस्थाहरु बन्द रहँदा लाखौं विद्यार्थीहरु विद्यालय÷कलेज जानबाट बञ्चित रहिरहेको अवस्था छ । शैक्षिक क्षेत्रमा यसले पारेको क्षति न्यूनिकरण गर्न विभिन्न शैक्षिक संस्थाहरुले लामो समयदेखि वैकल्पिक शिक्षा÷अनलाइन कक्षाहरु संचालन गरिरहेका छन् । अनलाइन कक्षाहरुले क्षति न्यूनिकरण गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरे पनि इन्टरनेटको अवस्था, सामग्रीहरुको अभाव आदि कारणहरुले सोचेजस्तो उपलब्धि भने हासिल गर्न सकिएन । अहिलेसम्म आउँदा कोभिड–१९ को असर कुनै ठाउँमा कमहँुदै गएको भएपनि कुनै ठाउँमा अहिले पनि उस्तै अवस्था रहेको देखिन्छ । त्यसैले हामी सबै स्वास्थ्य सम्बन्धी उच्च सतर्कता अवलम्बन गर्न जरुरी देखिन्छ । हालै नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विद्यालय संचालन कार्य ढाँचा–२०७७ जारी गरी स्थानीय तहलाई आफ्नो स्थानीय तहको वस्तुगत स्थिति हेरी शैक्षिक संस्थाहरु भौतिक रुपमा संचालनका लागि गरेको सूचना बमोजिम यस तारकेश्वर नगरपालिकाले स्थानीय तहको अवस्था अध्ययन गरी सोच विचार सहित वैज्ञानिक ढंगबाट मिति २०७७ साल मंसिर १२ गते बसेको तारकेश्वर नगर शिक्षा समितिको निर्णय अनुरुप मिति २०७७ साल मंसिर १४ गते आइतबार तारकेश्वर नगरपालिका शिक्षा शाखाबाट यहि मंसिर २१ गते आइतबारबाट यस नगरमा विद्यालय संचालन अनुमति सहित जारी गरेको परिपत्र पनि यस निजी तथा आवासीय विद्यालयहरुको संगठन प्याव्सन र एन प्याव्सन तारकेश्वर हृदयदेखि आभार व्यक्त गर्दै उक्त निर्णयको हार्दिक स्वागत गर्न चाहन्छौँ ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी गरिएको विद्यालय संचालन कार्य ढाँचा–२०७७ को पूर्ण पालना गर्ने गरी स्वास्थ्य सम्बन्धी उच्च सतर्कता कायम गर्दै यस नगर क्षेत्रमा सञ्चालन भएका निजी तथा आवासीय शैक्षिक संस्थाहरुले यही मिति २०७७ साल मंसिर २१ गते आइतबारबाट कक्षा ८, ९ र १० तथा सोभन्दा माथिल्ला तहका कक्षाहरु भौतिक रुपमा संचालन गर्ने तथा अन्य साना तहका कक्षाहरु क्रमशः बिस्तारै उचित व्यवस्थापन सहित संचालन गर्न लागिएको कुरा प्याब्सन र एन प्याव्सन तारकेश्वर नगर कार्य समिति संयुक्त रुपमा यहाँहरु समक्ष जानकारी गराउँदछौँ ।

विद्यालय संचालन गर्दा बिहान र दिउँसो दुई सिफ्ट र कक्षागत आलोपालो गरी विद्यार्थीले हप्तामा ३ दिन विद्यालयमा भौतिक रुपमा उपस्थित भइ अध्ययन गर्न पाउनेछन् तथा विद्यालयहरु भने हप्तामा ६ दिन नै खुला रहनेछन् ।

विद्यालय संचालन गर्दा निम्न कुराहरुमा विशेष महत्वका साथ सजग रहि संचालन गरिनेछ ।

१) कोभिड–१९ को संक्रमणको अवस्थालाई समिक्षा गरी विद्यालयलाई भय रहित एवं सुरक्षित तवरमा सञ्चालनको व्यवस्था मिलाइने २. विद्यालयमा हेल्प डेस्क निर्माण गर्ने र नजिकको स्वास्थ्य संस्थासँग समन्वय गरी आवश्यकता अनुसार स्वास्थ्य परिक्षण र परामर्श जस्ता कार्य गरिने ३. बालबालिका, शिक्षक, कर्मचारी एवं अभिभावकलाई जनस्वास्थ्य सुरक्षाको जानकारी गराइने तथा आवश्यकता अनुसार मनोपरामर्श दिइने ४. विद्यालयको सरसफाइ हातधुने व्यवस्था, विद्यालयलाई दैनिक निर्मलीकरण गर्ने जस्ता कार्य गरिने ५. प्रत्येक दिन कक्षा सुरु हुनु अगावै कम्तिमा ५ मिनेट कोभिड –१९ को संक्रमणको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउने ६. विद्यालयहरु विभिन्न सिफ्टमा संचालन गरिने र प्रत्येक सिफ्ट ४ घण्टाभन्दा बढी संचालन नगरिने ७. सिफ्ट संचालन गर्दा ठूला कक्षाहरुलाई बिहानी सत्र तथा साना कक्षाहरुलाई दिउँसोको समयमा संचालन गरिने अन्त्यमा तारकेश्वर नगरपालिका, उपस्थित वडा अध्यक्ष ज्यूहरु समितिका पदाधिकारीहरु, पत्रकार मित्रहरु तथा अन्य शुभचिन्तक महानुभावहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ ।

प्याव्सन र एन प्याव्सन तारकेश्वर नगर कार्य समिति

Must View