नागरिक पोष्ट News


सेबोनले ब्रोकर कमिशन घटाउन आलटाल गरेपछि लगानीकर्ता आन्दोलनमा उत्रे

2.5K

काठमाडौं । शेयर कारोबारमा ब्रोकर कमिशन घटाउन माग गर्दै शेयर लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड( सेबोन) घेराउ गरेका छन् । शेयर लगानीकर्ताहरूले ०.२५ प्रतिशत मात्रै ब्रोकर कमिसनको नयाँ व्यवस्था गर्न माग गरेको हुन् । नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ, पुँजीबजार लगानीकर्ता संघ, पुँजीबजार संघ र शेयर लगानीकर्ता दबाब समूहले बोर्ड घेराउ गरेका हुन् । 

हाल ब्रोकरहरूले कारोबारको आधारमा ०.४० प्रतिशतदेखि ०.६० प्रतिशतसम्म ब्रोकर कमिशन लिन पाउने व्यवस्था गरेको छ । केही वर्षअघिदेखि ब्रोकर कमिशन घटाउन लविङ गरिरहेका शेयर लगानीकर्ताहरूले अहिले बजार माथि उक्लिएको मौका पारेर शेयर लगानीकर्ताले बोर्डलाई कमिशन घटाउ दवाव दिएका हन् । पछिल्लो समय शेयर परिसूचक २ हजार माथिको विन्दुमा उक्लिएर करिब साढे ९ अर्बभन्दा बढीको कारोबार भएको छ । 

शुक्रबार सरकारसँग भएको ब्रोकर कमिसन पुनरावलोकन गर्ने सम्झौता जतिछिटो कार्यान्वयनमा लैजान उनीहरूले बोर्डको ध्यानाकर्षण गराएका हुन् । 

Must View