हङकङले नेपाल बायुसेवा निगमको उडानमा चौथो पटक प्रतिबन्ध लगायो
1.7K
काठमाडौं, १९ मंसिर । हङकङले नेपाल बायुसेवा निगमको उडानमा चौथो पटक प्रतिबन्ध लगाएको छ। निगमको जहाजमार्फत हङकङ पुगेको यात्रुमा कोराना पोजेटिभ देखिएको भन्दै डिसेम्बर ३ देखि १५ सम्म उडानमा प्रतिबन्ध लगाएको हो।
पछिल्लो पटक निगमको जहाजमार्फत हङकङ पुगेको ६ जना यात्रुमा कोरोना देखिएको थियो। यसअघि ३ पटकसम्म हङकङ उडानमा प्रतिबन्ध लागेपछि हङकङ जाने उडानमा नेपालका सरकारी ल्याबको रिपोर्टलाई मात्रै मान्यता दिने निर्णय गरेका थियो।
हङकङले यसअघि अक्टोबर ४ देखि नोभेम्बर १७ सम्म, अक्टोबर २० देखि नोभेम्बर ३ सम्म र नोभेम्बर १२ देखि २५ सम्म उडानमा प्रतिबन्ध लगाएको थियो।