नागरिक पोष्ट News


तारकेश्वरमा कोरोना संक्रमितको संख्या २०६५ पुग्यो, निको हुनेको संख्या ह्वात्तै बढि १७८५ पुग्यो

1.5K

१८ मंसिर, काठमाडौं । तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या २०६५ पुगेको छ । तारकेश्वर नगर स्वास्थ्य साखाले दिएको जानकारीअनुसार ८५६ महिला र १२०९ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या ७४७ महिला र १०३८ पुरुष गरी १७८५ जना रहेका छन् । अहिलेसम्म ७ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमितको संख्या महिला १०६ र पुरुष १६७ जना गरी २७३ जना पुगेका छन् ।

त्यस्तै तारकेश्वर १ मा कोरोना संक्रमितको संख्या ३० जना पुगेको छ निको हुनेको संख्या २९ जना, वडा नं. २ मा ९७ जनामा ७८ जना निको भइसकेका छन् भने १ जना महिलाको मृत्यु भएको छ । वडा नं. ३ मा ४८ जना जसमा ४१ जना निको भएका छन् भने १ जना पुरुषको मृत्यु भएको छ। वडा नं. ४ मा १९९ जना जसमा १०९ जना निको भएका छन् । त्यस्तै वडा नंं. ५ मा १७३ जना जसमा १३८ जना निको भएका छन् । १ जना महिलाको मृत्यु भएको छ । वडा नं. ६ मा १८८ जनामा कोरोना संक्रमण देखिएको छ भने १६३ जनाको निको भएको छ । १ जना महिलाको मृत्यु भएको छ । वडा नं. ७ मा १११ जनामा कोरोना संक्रमण देखिएको छ जसमा ९१ जना निको भएका छन् ।

वडा नं. ८ मा २७१ जनामा कोरोना संक्रमण देखिएको छ भने २२३ जना निको भएका छन् भने १ जना पुरुषको मृत्यु भएको छ । वडा नं. ९ मा २७३ जना र निको हुनेको संख्या २४१ पुगेको छ । वडा नं. १० मा ३१८ जना जसमा २८० जना निको भएका छन् । वडा नं. ११ मा ३५७ जना ३१७ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ । तारकेश्वर नगरपालिकामा पछिल्लो २४ घण्टामा ४ महिला र ७ पुरुष गरी ११ जनामा कोरोना पुष्टि भएको छ ।

तारकेश्वर नगरपालिकाले अहिलेसम्म ३२६६ जनाको पिसिआर परिक्षण गरेको छ । तारकेश्वर नगरपालिकामा २४९ जना होम आइसोलेसनमा बसेका छन् । अस्पतालको आइसोलेसनमा १६ जना रहेका छन् । कोभिड सेन्टरमा ६ जना रहेका छन् । होटल आइसोलेसनमा १ जना र १ जना अफिस आइसोलेसनमा रहेका छन् । तारकेश्वरमा कन्ट्याक ट्रेसिङबाट ६६८ जनामा पिसिआर पोजेटिभ देखिएको थियो ।

Must View