नागरिक पोष्ट News


पौष ११ मा नेशनल पावर न्यूज म्यूजिक अवार्ड हुँदै, दुइ पत्रकार गिरी र बजगाईलाई सम्मान प्रदान गरिने

2.7K

काठमाडौं,कोरोना भाइरस (कोभिड-१९)को को कहरका कारणले रोकिएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड ‘नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०’ को संस्करण यही पुष ११ गते शनिबार राजधानीमा सम्पन्न हुने भएको छ । गतवर्ष चैत महिनामा सम्पन्न हुनुपर्ने उक्त अवार्ड कार्यक्रम कोरोनाका कारणले रोकिएको थियो ।

लामो समयको प्रतिक्षा पछि स्वास्थ्यका मापदण्ड अपनाउँदै अवार्ड कार्यक्रमलाई पौष ११ मा सम्पन्न गर्ने आयोजकले जानकारी दिएको छ । नेपाली भाषाका अलवा नेपालमा वोलिने विभिन्न भाषा भाषिलाई समावेश गरेर आयोजना हुँदै आएको यो अवार्डको यो तेस्रो संस्करण हो ।

कार्यक्रममा राष्ट्रियभाव, गजल, पप, आधुनिक, लोकदोहोरीलगायत विभिन्न भाषा–भाषी गरी जम्मा ५१ विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । निर्णाकको मत र भोटिङ पद्धतिवाट उत्कृष्ट गीत, स्रष्टा एवम् सर्जकहरुलाई छनोट गरिने र उत्कृष्टमा परेका शृजना, सर्जक एवम् स्रष्टाहरुलाई अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक कमला जोशीले वताईन् । ग्लोवल अनलाईन पेको वेवसाईटमा गएर पौष १० गते सम्म आफूलाई मनपरेका कलाकार एवम् शृजनालाई भोटगर्न पाउने आयोजकले जनाएको छ ।

अवार्ड कार्यक्रममा रातोपाटीकर्मी एवम् रङ्गपत्रकार कुबेर गिरीलाई रङ्गपत्रकारिता पुरस्कार प्रदान गरिनुका साथै नवक्षितिज साप्ताहिक काभ्रेका पत्रकार नवराज बजगाईलाई यूवा पत्रकारिता सम्मान प्रदान गरिने कार्यक्रमका अध्यक्ष माधव राज खरेलले वताए ।

Must View