नागरिक पोष्ट News


संसारको अग्लो स्थानमा म्युजिक भिडियो छायांकन गरेर चार नेपालीले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाए

1.7K

काठमाडौँ : संसारको अग्लो स्थानमा म्युजिक भिडियो छायांकन गरेर चार नेपालीले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका छन् । चलचित्र निर्देशक माधवराज खरेल, निर्माताद्वय कमला जोशी तथा पुष्कर नेपाल र गायक पूर्ण राईले यो सफलता पाएका हुन् । 

लामो समयदेखि कलाकारिता क्षेत्रमा होमिएका खरेलको टिमले पाएको सफलता सम्पूर्ण नेपाल र नेपालीका लागि गौरवको विषय हो । अहिलेसम्म कसैले पनि उक्त शीर्षकमा भिडियो निर्माण नगरेको र यो नै पहिलो सफलता भएको गिनिज बुक अफ वल्र्ड रेकर्डले जनाएको छ । अग्लो स्थान मात्रै नभएर एकै स्थानबाट क्यामेरा एंगल मात्रै परिवर्तन गरेर तयार पारिएको भिडियोले संसारकै उच्च सफलता दिलाएको हो ।

नेपालको पर्यटकीय नगरी सोलुखुम्बुको गोक्यो (४ हजार ७ सय ६८ मिटरको उचाइमा २०७६ असोज १ गते उक्त गीतको छायांकन गरिएको थियो । गीतमा हिमाल भनेको संसारको साझा हो र विश्वले यसलाई धर्तीको स्वर्गको रूपामा लिँदै यसको संरक्षण र प्रवद्र्धनमा सबैले लाग्नुपर्नेमा जोड दिइएको छ । गिनिज वल्र्ड रेकर्डबाट प्राप्त प्रमाणपत्र केही दिनपछि विशेष कार्यक्रम गरी कीर्तिमानधारी व्यक्तित्वलाई प्रदान गरिने आयोजक पिम नेपालले जनाएको छ ।

Must View