नागरिक पोष्ट News


विजय लघुवित्त वित्तीय संस्था लिमिटेडलेआफ्ना शेयरधनीहरूको हितग्राही खातामा धमाधम बोनस शेयर जम्मा

2.9K

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा धमाधम बोनस शेयर जम्मा गरेको छ ।संस्थाको गत पुस २६ गते सम्पन्न भएको सातौँ वार्षिक साधारण सभाले पारित गरेको १५ प्रतिशत बोनस शेयर गत पुस १२ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको संस्थाले जनाएको छ ।

संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ । त्यसैगरी, संस्थाले हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुलाई शेयर अभौतिकीकरण गराई आपनो बोनस शेयर प्राप्त गर्नका लागि आग्रह गरेको छ ।

Must View