१६ दिने हिंसा विरूद्धको अभियान अन्तर्गत लैंगिक हिंसा नियन्त्रण समन्वय सञ्जाल तारकेश्वरले भोली अन्तक्र्रिया कार्यक्रम गर्ने
1.3K
१९ मंसिर, काठमाडौं । १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गतको दोस्रो कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा नियन्त्रण समन्वय सञ्जाल, तारकेश्वरले अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । हिंसा रहित समाज निर्माणमा सरोकारवालाहरुको भुमिका विषयमा अन्तरक्रिया कार्यक्रम हुन लागेको हो ।
लैङ्गिक हिंसा नियन्त्रण समन्वय सञ्जाल, तारकेश्वर नगरपालिका र महानगरिय प्रहरी वृत बालाजुको सहकार्यमा कार्यक्रम हुन लागेको हो । कार्यक्रम तारकेश्वर नगरपालिकाको उप–प्रमुख भवानी डोटेल (भानु) को प्रभुख आतिथ्यतामा हुन लागेको हो । कार्यक्रम कान्तिपुर ए.बि. पार्टी प्यालेस नेपालटारमा मंसिर २० गते बिहान ११ बजे हुन लागेकोले सरोकारवालाहरुको सहभागिताको लागि सञ्जालको अध्यक्ष देबिना कार्की (बिना) रानाले अनुरोध गर्नुभएको छ ।