प्रभु इन्स्योरेन्सले आइतबारदेखि ७ लाख ३५ हजार कित्ता शेयर लिलामीमा बेच्ने
1.7K
काठमाडौं, १९ मंसिर । प्रभु इन्स्योरेन्सले आइतबारदेखि ७ लाख ३५ हजार कित्ता शेयर लिलामीमा बेच्ने भएको छ । कम्पनीले संंस्थापक समूहको शेयर लिलामीमा बिक्री गर्न लागेको हो ।
लगानीकर्ताले न्यूनतम ३ सय ५० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । बोलपत्रमा विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले मंसिर २८ गतेसम्म आवेदन दिनुपर्ने जानकारी दिइएको छ। यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।