नागरिक पोष्ट News


कक्षा ११ मा पढ्दै गर्दा केटासंग भागेपछि यसरी सडकमा पुगेकी थिइन सपना (भिडियो हेर्नुहोस्)

3.2K

काठमाडौ । पढ्नुपर्ने समयमा अभिभावकलाई थाहा नदिई प्रेम विवाह गरेर घरदेखि हिडेकी सपना रोकामगरको जिवन सोचे जस्तो भएन । चार वर्षअघि सुन्दर भविष्यको खोजीमा सदरमुकाम बेनी आएकी सपनाले सानै उमेरमा भा गी विवाह गरिन् । तर त्यो विवाह तीन महिना पनि टिक्न नसकेपछि उनी सडकमा आएकी थिइन् ।

परिवारको मञ्जुरी विना आफुले गरेको निर्णय सहि सावित नभएपछि उनका लागि जाने ठाउँ सडकवाट अन्त थिएन । उनले तीन महिना सडकमा बिताउनुपर्यो । खान पुग्दो घर र अभिभावकको साथ छाडेर हिडेका कारण उनले थुप्रै रात भोकभोकै बिताइन् ।

गलत संगतका कारण समस्यामा परेकी सपनाको भने अहिले जिवन फेरीएको छ । उनले आफै पनि कल्पना समेत नगरेको सफलता हात पारिन् । १८ वर्षीया सपनाले शुरु गरेको बेवारिसे शव व्यवस्थापन गर्ने कामले उनलाई विश्वकै प्रभावशाली १०० महिला बनाएको छ । बेलायतको ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बिबीसी)ले संसारका १०० जना प्रभावशाली महिलाको सूचीमा राखेपछि सपनालाई ‘सपना’ जस्तै लागेको छ ।

बिबीसीले सन् २०१३ देखि विश्वभरका १०० प्रभावशाली र प्रेरणादायी महिलाको सूची सार्वजनिक गर्दै आएको छ । यस वर्ष सपनासहित फिनल्याडकी प्रधानमन्त्री सान्ना म रिन, कोलम्बियाकी मेयर क्लाउडिया लोपेज, पाकिस्तानी अभिनेत्री माहिरा खान, बेलायती कवि ज्याकी के, वैज्ञानिक सारा गिल्बर्ट, अमेरिकी गायिका किरण गान्धी, चिनियाँ लेखक फाङलगायत १०० जनाको सूची सार्वजनिक गरेको हो ।

 

Must View