नागरिक पोष्ट News


अर्को सातादेखि दिल्ली–काठमाडौं उडानका लागि अनुमति दिने तयारी

1.7K

काठमाडौं, १६ मंसिर । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान छिट्टै सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को सातादेखि दिल्ली–काठमाडौं उडानका लागि अनुमति दिने तयारी गरेको मन्त्रालयका सहचिव बुद्धिसागर लामिछानेले  जानकारी दिएको राससमा उल्लेख छ । उनकाका अनुसार शुरुआती चरणमा काठमाडौं–दिल्ली दुई उडान मात्रै हुनेछन् । एउटा नेपाली वायुसेवा कम्पनीको र अर्को भारतीय एयरलाइन्सले उडान गर्नेछन् । पछि दुवै देशले आवश्यकताको आधारमा उडान अभिवृद्धि गर्न सकिने बताइएको छ । कोभिड महामारी नियन्त्रणका लागि गत चैत ११ देखि देशभर लागू गरिएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण करिब ६ महिनापछि गत भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान शुरू भएको थियो । छिमेकी मुलुक भारतमा भने कोरोना संक्रमणदर उच्च रहेकाले भारतका तीनवटै गन्तव्य नयाँ दिल्ली, मुम्बई र बैङ्लोरको उडान प्रतिबन्ध थियो । गत मङ्सिर १० को मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको ‘एयर बबल मोडल’ लाई स्वीकार गर्ने निर्णय गरेको थियो ।

Must View