नागरिक पोष्ट News


नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरलिलामीमा विक्री खुला

1.4K

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर भोलि बुधवारदेखि लिलामीमा विक्री खुला हुने भएको छ । कम्पनीले १० लाख ४ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको जनाएको छ ।

उक्त शेयरमा आवेदकले पुस १ गतेसम्म आवेदन गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रति शेयर रू। ७२५ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।

आवेदन बुझाउने स्थान एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

उक्त शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ताको लागि आवेदन आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ ।

Must View