नागरिक पोष्ट News


दाँतको सुरक्षा गर्न र जोगाउन निम्न काम गर्नु पर्दछ

2K

१. दाँतको सुरक्षा गर्न सबैभन्दा पहिलो काम हो, खानाअघि र पछि नियमित ब्रस गर्ने । २. खाना वा खाजा खाइसकेपछि मुख कुल्ला गरेर दाँतमा अड्केको खानेकुरा निकाल्ने । ३. दाँतमा अड्केको खानाको टुक्रा निकाल्न सकेसम्म टुथपिन वा छेस्को प्रयोग नगर्ने । ४. दाँतलाई तलमाथि, दायाँबायाँ गरी सही तरिकाले ३ मिनेटसम्म माझ्ने । ५. दाँत माझ्न नरम र सफा ब्रसको प्रयोग गर्ने साथै प्रयोग अघि भिजाउने । ६. सुर्ती, गुटखा लगायतका सूर्तिजन्य पदार्थको सेवन नगर्ने । ७. दाँत माझ्न सकेसम्म फ्लोराइडयुक्त मञ्जनको प्रयोग गर्ने । ८. अत्यधिक मात्रामा चिसो पर्दाथको सेवन नगर्ने । ९. चकलेट वा गुलियो पर्दाथको सेवन कम गर्ने, सेवन पछि अनिवार्य मुख कुल्ला गर्ने । १०. तार, ढुंगा वा कुनै पनि कडा वस्तु धातु नटोक्ने ।

Must View