नागरिक पोष्ट News


सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नयाँ शाखा बाँके जिल्लाको कोहलपुरमा

1.2K

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बाँके जिल्लाको कोहलपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आएलगतै बैंकको शाखा संजाल ११४ पुगेको छ ।

बैंकले ग्राहकहरूको सेवामा थप विस्तार गर्ने उद्देश्यले बाँके जिल्लाको कोहलपुर गा।वि।स। ११ बाट बैंकिङ्ग सेवा सुरू गरेको हो ।

सबै क्षेत्रसम्म बैंकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरू संचालनमा ल्याई बैकिङ्ग सेवाहरू ग्राहकहरूलाई प्रदान गदै आएको छ ।

Must View