नागरिक पोष्ट News


अभिनेत्री स्वेता खड्काको बिहे मंसीर २२ गते

2.3K

१४ मंसिर, काठमडौं । अभिनेत्री स्वेता खड्काले धनगढीका युवकसँग मंसीर २२ गते बिहे गर्दैछिन् । स्रोतका अनुसार नायिक स्वेताले धनगढीका युवक विजेन्द्र रावतसँग मंसीर २२ मा लगनगाँठो कस्दैछिन् । स्वेताले बिहे गर्न लागेका युवक धनगढीका विजेन्द्र रावत हुन् । उनका बुबाले धनगढीको फनपार्क सञ्चालन गर्दै आएका छन् । 

विजेन्द्रको बिहेका लागि उनका बुबा आमा काठमाण्डौं गईसकेका छन् । विजेन्द्र पनि काठमाण्डौंमै छन्।

बिहे मंसीर २२ गते काठमाण्डौंमा हुने बताईएको छ । तर यस बारेमा स्वेता र विजेन्द्रका परिवारले बिहेको कुरा गोप्य राखेका छन्। दशैंको टीका लगाएका बेला विजेन्द्रसँगको तस्वीर सामाजिक सञ्जालबाट बाहिरिएपछि स्वेताको बिहेबारे चर्चा चलेको थियो । तर स्वेताले सो कुरा नकार्दै आएकी थिईन् । विजेन्द्रकी आमाको तस्वीर स्वेताले २३ अप्रिलमा आमाको मुख हेर्ने दिन आफ्नो फेसबूकमा शेयर गर्दै लेखेकी थिईन् ‘ह्याप्पी मदर्स डे टु माइ डियर मदर्स’।

त्यसपछि उनको बिहेलाई लिएर चलचित्र क्षेत्रमा चर्चा चल्दै आएको थियो । तर अभिनेत्री स्वेताले भने त्यो बेला फैलिएको हल्ला गलत भएको प्रतिक्रिया दिएकी थिईन् । मंसीर २२ गते हुने विवाहका लागि विजेन्द्रको तर्फबाट निम्ता गरिएकाहरु काठमाण्डौं जाने क्रम सुरु भएको छ भने कतिपय जाने तयारीमा रहेका छन्।

Must View