नागरिक पोष्ट News


राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष रवीन्द्रकुमार शाक्यको कोभिड–१९ को संक्रमणका कारण निधन

1.2K

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष रवीन्द्रकुमार शाक्यको कोभिड–१९ को संक्रमणका कारण ७६ वर्षका उमेरमा निधन भएको छ ।कोरोना संक्रमणपछि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारत शाक्यको निधन भएको हो ।

शाक्य तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीका पालामा आयोगका उपाध्यक्ष भएका थिए । उनी तत्कालीन अर्थमन्त्री रामशरण महतका पालामा अर्थ मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकारको भूमिकामा जिम्मेवारी वहन गरेका थिए । आयोगको सचिव बनेका शाक्य त्यसअघि तत्कालीन विज्ञान तथा वातावरण मन्त्रालयको सचिव भएका थिए । उनले योजना आयोगबाट शाखा अधिकृतका रूपमा ‘करिअर’ सुरु गरेका थिए । शाक्यले अमेरिकाबाट अर्थशास्त्रमा स्नातकोत्तर र भारतको मुम्बई विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए । शाक्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले शाक्यलाई एक इमान्दार, कर्तव्यनिष्ठ, आर्थिक क्षेत्रका विज्ञका रूपमा स्मरण गरेका छन् । मंसिर ११, २०७७ रासस

Must View