नेप्से दिनभरिमा २ सय कम्पनीको २ करोड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २२ करोड रुपैयाँ भन्दा बढीको कारोबार
2.5K
काठमाडौं । नेप्से ७५ दशमलव ०२ अंकले बढेर १,९६८ दशमलव २७ को विन्दुमा कायम भएको छ ।ट्रेटिङ, होटल, निर्जिवन बीमा र उत्पादनमूलक क्षेत्र बाहेक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।
दिनभरिमा २ सय कम्पनीको २ करोड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २२ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।आज सबैभन्दा धेरै नेपाल रि इन्योरेन्स ५१ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, कुमारी बैंकको ४० करोड ८ लाख रुपैयाँको कारोबार भएको छ ।
ग्रिन डेभलपमेन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सेञ्चुरी कर्मशीयल बैंकको शेयर १० प्रतिशतले बढेको छ भने सनराईज बैंकको शेयर ९ दशमलव ९२ प्रतिशतले बढेको छ ।
विशाल बजारको शेयर १० प्रतिशतले घटेको छ भने आँखु खोला जलविधुत्को शेयर ६ दशमलव २५ प्रतिशतले घटेको छ।