सनराइज म्युचुअल फण्डको न्याभ बढ्यो
1.2K
काठमाडौं । कात्तिक मसान्तसम्ममा सनराइज म्युचुअल फण्डको प्रतिइकाई खुद मूल्य (न्याभ) ११ रुपैयाँ ८२ पैसा पुगेको छ । अघिल्लो महिनामा फन्डको न्याभ ११ दशमलव २३ थियो ।
फन्डले कात्तिक मसान्तसम्म १३ करोड ३१ लाख नाफा आर्जन गरेको थियो । अघिल्लो महिनामा फन्डले ८ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस अवधिमा योजनाले सुचिकृत तथा सुचिकृत नभएका शेयर, डिबेञ्चर तथा मुद्धति निक्षेपमा गरेको लगानीको लागत मूल्य ५४ करोड ४१ लाख ८५ हजार रहेकोमा यसको बजार मूल्य ७८ करोड २६ लाख ७१ हजार पुगेको