युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आईपओ आजै अपरान्ह ४ बजे बाँडफाँड हुने
2K
१४ मंसिर, काठमाडौं । युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आईपओ आजै अपरान्ह ४ बजे बाँडफाँड हुने भएको छ ।सो आईपिओको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको रजिष्टर्ड कार्यालयमा आईपिओ बाँडफाँड गर्न लागिएको हो । कम्पनीले आठ लाख १२ हजार ७३० कित्ता आईपिओमा कूल पाँच लाख ४१ हजार २६३ आवेदन भरेका छन् ।
सो मध्ये जम्मा ८१ हजार २७३ जना आवेदकले मात्रै न्यूनतम १० कित्ताको दरले शेयर पाउनेछन् । त्यस्तै चार लाख ५९ हजार जनाले शेयर पाउने छैनन् । आजै साँझसम्म आईपिओ बाँडफाँडको नतिजा आईसक्ने जनाएको छ ।