नागरिक पोष्ट News


एकदिने भ्रमणका लागि चीनका रक्षामन्त्री जनरल वेई फेङ नेपाल

1.6K

१४ मंसिर, काठमाडौं । एकदिने भ्रमणका लागि चीनका रक्षामन्त्री जनरल वेई फेङ नेपाल आइपुगको छन्। उनले दिउँसो १२।३० देखि २ बजेसम्म जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटघाट गर्ने भएका छन्। त्यहाँ रहँदा उनले नेपाललाई करिब ५ अर्ब ४० करोड नेपाली रुपैयाँ सैन्य अनुदान हस्तान्तरण गर्ने बताइएको छ। यसबाहेक चीन र नेपालबीचको संयुक्त सैन्य अभ्यास सगरमाथा फ्रेन्डिसिपका विषयमा पनि छलफल गर्ने बताइएको छ।यसअघि सन् २०१७ मा पहिलो पटक १० दिन लामो सैन्य अभ्यास भएको थियो। बीचमा रोकिएको यो सैन्य अभ्यासलाई निरन्तरता दिनका लागि छलफल हुने बताइएको छ। चिनियाँ टोली र प्रधानसेनापति थापासहितको नेपाली सेनाको टोलीबीच द्विपक्षीय छलफल पछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्ने छन् । बालुवाटारपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने छन् ।

राष्ट्रपतिलाई भेटेपछि उनी सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गर्ने कार्यक्रम छ ।

Must View