नागरिक पोष्ट News


छातीलाई टाइट र आकर्षक बनाउने यस्ता छन् रोचक तरिका

2.1K

काठमाडौ । पुष्ट “अधर”, कोमल छाला, स्वस्थ आँखा, चमक भएको केश अनि कसिलो मांसपेसी भएकी महिलालाई आकर्षक मानिन्छ। त्यस्तै विकसित छाती पनि महिलाको शारीरिक आकर्षणको मापदण्डमा पर्छ। विकसित छातीले भावी सन्तानको पोषणको सुनिश्चिततालाई संकेत गर्छ।

त्यसैले जैविक रूपमा पुरुषहरू थाहा पाएर वा नपाई विकसित अर्थात् ठूला छातीप्रति र त्यस्तो छाती भएकी महिलाप्रति आकषिर्त हुन्छन् जसले गर्दा उक्त महिलाबाट जन्मने आफ्ना सन्तान बाँच्ने सम्भावना बढी होस्।

अचेल शरीरचाहिँ अति पातलो तर छातीचाहिँ ठूलो हुनुपर्ने अपेक्षा गरिन्छ। छापा, चलचित्र वा टेलिभिजनमा देखिएका कतिपय कुराको सत्यता विचार नगरी त्यसकै पछाडि लाग्नु हुँदैन। भाग्यवश छाती खुला राख्नु नपर्ने भाग भएकाले यसको उभारलाई शल्यक्रिया नै नगरी बढी भएजस्तो देखाउन सकिन्छ।

आफ्नो छातीचोली (“ब्रा”) भित्र कपडा, कपास वा यस्तै कुनै वस्तुको प्रयोग गर्नु नै सबैभन्दा सजिलो तथा सस्तो उपाय हो। त्यसबाहेक अलिक बढी खर्च गरेर यस्तै वस्तुहरू प्रयोग गर्न सकिन्छ। छातीलाई माथितिर उचाल्न प्रयोग गरिने साधनले छातीको वास्तविक साइजमा परिवर्तन नगरे पनि देख्दा छाती ठूलो भएको भान पर्छ र सुन्दरतामा वृद्धि हुन्छ।

छातीमा लगाउने क्रिम अनि पम्पले छातीको आकार बढाउने दाबी गरिएको छ, तर यसले छातीको आकार तथा नापमा पार्ने स्थायी प्रभावका सम्बन्धमा अझै केही विवाद छ।

शल्यक्रिया गरेर छातीको आकार बढाउनु एउटा अर्को उपाय हो, तर शल्यक्रिया गर्नुभन्दा पहिले धेरै कुरामा विचार पुर्‍याउनुपर्ने हुन्छ, किनभने यो विधि खर्चिलो मात्र होइन, यसका नकारात्मक प्रभाव पनि हुन सक्छ। हामी यतातर्फ जान सल्लाह दिन सक्दैनौँ ।

Must View